पूर्वाधार शिखर सम्मेलन फागुनमा

Technology Khabar ६ पुष २०७३, बुधबार

पूर्वाधार शिखर सम्मेलन फागुनमा
Classic Tech
Nepal Telecom

काठमाडौं, ६ पुस । नेपाल उद्योग परिसंघले दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन यहि फागुन ८ र ९ गते काठमाडौमा आयोजना गर्ने भएको छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय, युवा निर्माण व्यवसायी संघ नेपाल (वाईसीएनसी) को आयोजनामा हुन लागेको सम्मेलनको बारेमा बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

परिसंघकाअनुसार दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलनको उद्देश्य पूर्वाधार विकासमा निजी क्षेत्रको परिहार्यता माथि बहस सुरु गर्नु हो । त्यसैगरी, देश विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्नु, यो क्षेत्रमा दिगो र दरिलो पूर्वाधार सञ्जालको विकास देशमा लगानी किन आवश्यक छ भन्ने चेतना जगाउनु सम्मेलनको लक्ष्य छ ।

शिखर सम्मेलनमा नेपाल लगानी बोर्डले सुरु गरेको करिब ५० वटा सम्भाव्य पूर्वाधार परियोजनाहरुको प्रदर्शन समेत गर्ने कार्यक्रम छ ।

यसैबीच, आइडिया स्टुडियोको सहकार्यमा परिसंघले देशका विभिन्न समुदायबाट पूर्वाधार विकाससम्बन्धी आइडियाहरु संकलन गर्ने परिसंघले जानकारी दिएको छ ।

TK Viber

प्रकाशित: ६ पुष २०७३, बुधबार

Loading...