सोनीको मिररलेस क्यामरा ए६५०० अब नेपालमै प्रि–अर्डर गर्न सकिने

Technology Khabar ६ पुष २०७३, बुधबार

सोनीको मिररलेस क्यामरा ए६५०० अब नेपालमै प्रि–अर्डर गर्न सकिने

काठमाडौं ।

सोनी क्यामराको आधिकारिक बितरक नेपा हिमा ट्रेड लिंकले सोनीको सबैभन्दा नयाँ क्यामरा अल्फा ६५०० को प्रि अर्डर शुरु गरेको छ ।

कम्पनीले सोनीको सबैभन्दा नयाँ एपीएस सी मिररलेस प्रविधिसहितको अल्फा ६५०० क्यामराको नेपालमा प्रि अर्डर शुरु गरेको हो । यो प्रि-अर्डर ग्राहकहरुका लागि विशेष हुने कम्पनीको दाबी छ ।

सोनी अल्फा ६५०० क्यामराको प्रि-अर्डरमा ग्राहकहरुले सोनी ए६५०० बडी, १६–७० मिलीमीटरको जेइस जूम लेन्स, एउटा थप आधिकारिक ब्याट्री तथा प्रिमियम लेदर केश प्राप्त गर्नेछन् ।

नेपा हिमाले नेपालमा यो क्यामराको मूल्य २ लाख ४० हजार रुपैंया (भ्याटसहित) तोकेको छ । कम्पनीकाअनुसार यो प्रि-अर्डर प्याकेजको मूल्य २ हजार ५ सय अमेरिकी डलर भन्दा बढि भएपनि नेपालमा भने छुट गरेर उपलब्ध गराईएको हो ।

क्यामरामा २४.२ मेगापिक्सेलको एपीएस–सी सेन्सर रहेको छ भने यसमा ४२५ फेज डिटेक्सन अटो फोकस पोइन्टस् छ । यो क्यामराले केबल ०.५ सेकेण्डमा अटोफोकस गर्न सक्ने बताईएको छ, जसले ११  फ्रेम प्रति सेकेण्ड फोटो खिच्दछ ।

यसले फोर के भिडियो रेर्कडिंग गर्न सकिन्छ, जसमा बायोन्ज एक्स इमेज प्रोसेसर प्रयोग गरिएको छ ।

यो उत्पादन नेपालमा एक वर्षको वारेन्टीसहित उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

easy care

प्रकाशित: ६ पुष २०७३, बुधबार