Technology Khabar ४ पुष २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, ४ पुस । एलजीले नयाँ ट्याबलेट एलजी जी प्याड थ्री १०.१ (LG G Pad III 10.1 FHD) सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको यो ट्याबको स्क्रीन रिजोल्यूशन फूलएचडी छ भने एलटिई सपोर्ट गर्दछ ।
यो ट्याबको नाम जस्तै यसमा १०.१ इन्चको स्क्रीन राखिएको छ भने यसको डिस्प्ले रिजोल्यूशन १९२०x१२०० पिक्सेल रहेको छ ।
एलजीको नयाँ ट्याब जी प्याड थ्री १०.१ मा अक्टा कोर १.५ गीगाहर्जको प्रोसेसर राखिएको छ भने यसमा २ जीबी र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।
फोटोका लागि यसमा ५ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा राखिएको छ ।
एलजीको नयाँ ट्याबलेट एन्ड्रोयड मार्शमाल्लो ६.०.१ भर्सनमा आधारित रहेको छ भने यसमा ६,००० एमएएचको ब्याट्री राखिएको छ । यो ट्याब किक स्ट्याडसहित आउँछ जसले ७० डिग्रीमा ट्याबलेट हेर्न सकिन्छ ।
कोरियामा सार्वजनिक भएको यो ट्याबलेटको मुल्य ४ लाख २९ हजार कोरियाली वन अर्थात करिब ३६० अमेरिकी डलर तोकिएको छ ।
एलजीले यो ट्याबलेटमा स्टायलस पेनसहितको नयाँ भर्सन आगामी वर्षमा सार्वजनिक गरिने जानकारी दिएको छ ।
प्रकाशित: ४ पुष २०७३, सोमबार