भिडियोकोनको नयाँ स्मार्टफोन ‘अल्ट्रा ३०’

Technology Khabar ४ पुष २०७३, सोमबार

भिडियोकोनको नयाँ स्मार्टफोन ‘अल्ट्रा ३०’
Global IME Bank

काठमाडौं ।

काठमाडौं, ४ पुस । भिडियोकोनले आफ्नो फोरजी स्मार्टफोनमा नयाँ मोडल थप गरेको छ । कम्पनीले अल्ट्रा ३० स्मार्टफोन भारतीय बजारमा सार्वजनिक गरेको हो ।

भिडियोकोनको नयाँ स्मार्टफोन अनलाइन शपिंग स्न्यापडीलमा मात्र खरिद गर्न सकिनेछ ।

स्मार्टफोनमा ५ इन्चको एचडी २.५ डी कर्ब्ड डिस्प्ले राखिएको छ । यसमा १.३ गीगाहर्जको मिडियाटेक प्रोसेसर राखिएको छ भने ३ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, जसलाई बढाएर ६४ जीबीसम्म पुर्याउन सकिन्छ ।

भिडियोकोन अल्ट्रा ३० स्मार्टफोनमा ४,००० एमएएचको ब्याट्री छ भने फास्ट चार्जिंग सर्पोट उपलब्ध छ ।

फोटोका लागि स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

भिडियोकोनको नयाँ स्मार्टफोन एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सनमा आधारित रहेको छ । जसमा कनेक्टिभिटीका लागि फोरजी, वाईफाई तथा ब्लूटूथ ४.० भर्सन रहेको छ ।

यो फोनको मूल्य भारु ८,५९०/- तोकिएको छ ।

Sajilo Visa

प्रकाशित: ४ पुष २०७३, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार