बिजी मलको बम्पर उपहारका विजेतालाई पुरस्कार प्रदान

Technology Khabar ३ पुष २०७३, आईतवार

बिजी मलको बम्पर उपहारका विजेतालाई पुरस्कार प्रदान
Classic Tech

काठमाडौं, ३ पुस । गोंगबुमा रहेको बिजी मलले दशैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहारहरु बितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच उपहार कार्यक्रममा बिजेताहरु तीन जनालाई टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जुपिटर स्कूटर तथा चार रात पाँच दिनको थाइल्याण्ड भ्रमणको प्योकज बितरण गरेको हो । मलले यसै अवसरमा जाडो यामलाई लक्षित गर्दै विन्टर सेलिब्रेसन कार्यक्रमको सुरुवात सुरुवात समेत गरेको छ ।

उपहार योजनामा मंगल तामाङलाई टिभिएसको १८० सिसिको अपाची आरटिआर मोटरसाइकल प्रदान गरिएको छ । त्यसै गरी स्वच्छम गुरुङले ११० सिसिको टिभिएसको जुपिटर स्कुटर हात पारेका छन् भने सविता सुवेदीले चार रात पाँच दिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् ।

त्यसैगरी कार्यक्रममा उपहार योजनाका साप्ताहिक उपहार विजेताहरुलाई सिजि ब्राण्डका साउण्ड बार, ३२ इन्चको टेलिभिजन, वासिङ मेसिन, माइक्रो ओभन, इलेक्ट्रि हिटर लगायतका उपहार पनि हस्तान्तरण गरिएको मलले जानकारी दिएको छ ।

प्रकाशित: ३ पुष २०७३, आईतवार

Comments are closed.

Loading...