लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा शेयरधनीहरुलाई १८.१८ प्रतिशत बोनस

Technology Khabar ३ पुष २०७३, आईतवार

लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा शेयरधनीहरुलाई १८.१८ प्रतिशत बोनस
NTC_Advt

काठमाडौं, ३ पुस । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजीको १८.१८ प्रतिशत रु.६ करोड बराबर बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आ.व. २०७२/०७३ मा कम्पनीको खुद मुनाफा करिब रु.१५ करोड १८ लाख रहेको र उक्त वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजीको १८.१८% (५.५ बराबर १ शेयरका दरले) रु. ६ करोड बराबर बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले उल्लेखित बोनस बितरण पश्चात कायम हुन आउने चुक्ता पूंजी रु. ३९ करोडको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले कम्पनीको अधिकृत पूंजी रु. १ अरब र जारी तथा चुक्ता पूंजी रु. ७८ करोड पु¥याउने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीको समीक्षा वर्षमा अघिल्लो बर्षको तुलनामा २१.३५% ले बृद्धि भई रु.७७ करोड ८० लाखभन्दा बढि बीमाशुल्क आर्जन गर्न सक्षम भएको छ । समीक्षा आ.ब.को पहिलो त्रैमासिकमा रु.१६ करोड बीमाशुल्क आर्जन भएकोमा चालु आ.ब.२०७३/०७४ को पहिलो त्रैमासिकमा कम्पनीको बीमाशुल्क आर्जन रु.२८ करोड ७० लाख रहेको समेत जानकारी दिएको छ ।

प्रकाशित: ३ पुष २०७३, आईतवार