ट्विटरमा अब लाइभ भिडियो सेवा, यसरी गर्न सकिन्छ ‘लाइभ भिडियो’

Technology Khabar ३० मंसिर २०७३, बिहीबार

ट्विटरमा अब लाइभ भिडियो सेवा, यसरी गर्न सकिन्छ ‘लाइभ भिडियो’
Global IME Bank

काठमाडौं ।

काठमाडौं, ३० मंसिर । ट्विटरले आफ्ना प्रयोगकर्ताहरुका लागि लाइभ भिडियो फिचर सेवा शुरु गरेको छ । ट्विटरका सिईओ ज्याक डोरसेले ट्विट गरेर यो फिचरको जानकारी दिएका हुन् ।

यसका साथै कम्पनीले आफ्नो ब्लग पोस्ट पनि सार्वजनिक गरेको छ । ट्विटर एपको माध्यमबाट लाइभ भिडियो फिचर उपलब्ध हुनेछ भने पेरिस्कोपले यसमा सहयोग गरेको छ । नेपाली ट्विटर प्रयाेगकर्ताहरूले पनि लाइभ भिडियाे सेवाकाे मज्जा लिन सक्नेछन् । त्यसकाे लागि ट्विटरकाे अपडेट भर्सन प्रयाेग गर्नुपर्ने हुन्छ ।

लाइभ भिडियो सोशल मिडियाहरुमा तपाईँको वरिपरि के भईरहेको छ त्यो देखाउनका लागि सबैभन्दा सशक्त तरीका हो ।

कसरी ट्विटरमा लाइभ भिडियाे गर्ने 

ट्विटरमा लाइभ गर्नका लागि तपाईँको कम्पोज ट्विट अप्शनमा जानुपर्ने हुन्छ । जहाँ तपार्इँले भिडियाेकाे चित्र देख्नुहुन्छ र त्यसमा ट्याप गर्नुहाेस् ।

यसपछि तपाईँले लाइभ लेखिएको स्थानमा ट्याप गर्नुहोस् । यहाँ तपाईँले प्री-बोडकास्ट स्क्रीन हेर्न सक्नुहुनेछ, जसकाअनुसार फ्रेम गर्न सक्नुहुनेछ । तर यसभन्दा पहिले तपार्इँकाे माेबाइलमा पेरिस्काेप एप हुनुपर्दछ । यदि छैन भने याे एप डाउनलाेड गर्ने अप्सन पनि त्यहाँ रहेकाे छ ।

यसपछि जब तपाईँ लाइभका लागि तयार बन्नुहुन्छ त्यसपछि गो लाइभ (Go Live) अप्शनमा क्लिक गर्नुहोस् ।

यसपछि तपाईँले ट्विटरबाट लाइभ भिडियो अन्य साथीभाईहरुलाई देखाउन सक्नुहुनेछ । यसमा तपाईँले कमेन्ट लेखेर यसलाई शेयर गर्न सक्नुहुनेछ ।

Sajilo Visa

प्रकाशित: ३० मंसिर २०७३, बिहीबार

तपाइको प्रतिक्रिया