Technology Khabar ३० मंसिर २०७३, बिहीबार
काठमाडौं ।
काठमाडौं, ३० मंसिर । वर्ल्डलिंक कम्युनिकेसन्सले २ एमबिपिएस गतिको इन्टरनेट सेवा सस्तोमा उपलब्ध गराउने भएको छ । कम्पनीले २ एमपिएस अनलिमिटेड योजना १ हजार १सय ५० रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।
ग्राहकले यस्तो योजना १ वर्षको खरिद गर्दा जडान खर्चमा छुटका साथै निशुल्क फाइबर राउटर प्राप्त गर्ने छन् ।
यसैगरी वर्ल्डलिंकले इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेवामा समेत अफर ल्याएको छ ।
इन्टरनेटको माध्यमबाट सबै प्रकारको टिभी हेर्न सकिने नयाँ प्रकारको सुविधा उपलब्ध गराउँदै आएको वर्ल्डलिंकले १ महिनाको आइपि टिभी सेवा खरिद गर्ने नयाँ ग्राहकहरुलाई थप दुई महिना निशुल्क सेवा दिने भएको छ ।
यसरी ग्राहकले १ महिनाको सेवा शुल्क तिरेर ३ महिना टिभी हेर्न पाउने छन् । यस सेवामा ग्राहकले १ महिनाको ४ सय ५० रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।
आइपिटिभी सेवा जडान गर्दा नयाँ ग्राहकले सेटअप बक्स र इन्स्टलेसन शुल्क भने तिर्नुपर्ने कम्पनीले जनाएको छ । आइपी टिभीको प्रसारण गुणस्तरीय हुने कम्पनीको दाबी छ ।
वर्ल्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको र देशभर ६० हजारभन्दा बढी ग्राहक रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित: ३० मंसिर २०७३, बिहीबार