आईएलओले नेपालका श्रमिकहरुसँग सहकार्य गर्ने

Technology Khabar २९ मंसिर २०७३, बुधबार

आईएलओले नेपालका श्रमिकहरुसँग सहकार्य गर्ने

काठमाडौं ।

काठमाडौ, २९ मंसिर । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओका महानिर्देशक गाई राईडरले आगामी दिनमा नेपालका ट्रेड युनियनहरुको छाता संस्था जेटीयुसीसीसँग अन्तर्राष्ट्रियस्तरमा सहकार्य गरेर अघि बढ्ने बताएका छन् । नेपालका १० वटा ट्रेड युनियन महाँसंघको छाता संस्था संयुक्त ट्रेड युनियन सम्मेलन केन्द्र (जेटियुसीसी)को श्रम संसद बैठकको उद्घाटन गर्दै राईडरले आईएलओलाई साथीका रुपमा सहकार्य गर्न आग्रह गरे । उनले नेपाली मजदुर संगठनहरु मिलेर संयुक्त रुपमा अगाडि बढ्नु सह्रानिय कार्य भएको भन्दै अन्तर्राष्ट्रिय स्तरमा अरुले नेपालबाट पाठ सिक्नुपर्ने बताए ।

कार्यक्रममा जेटीयुसीसीका अध्यक्ष खिलानाथ दाहालले सरकारले ल्याएको श्रमिकबिरोधी कानुनको बिरोध गर्दै सबै मजदुर संगठनले यसको बिरोध गर्नुपर्ने बताए । बिबिधतामा एकता भन्ने नारासहित आफुहरु अगाडि बढिरहेको उल्लेख गर्दै उनले मजदुर श्रमिकका पक्षमा संधै एकताबद्ध भएर लागिपर्ने बताए ।

यस्तै जेटीयुसीसीका संस्थापक अध्यक्ष विष्णु रिमालले श्रमशक्ति विशेष शक्ति भनेर राज्यले बुझ्नुपर्ने भन्दै राज्यले आईएलओ अभिसन्धी नाघेर गरिएका कार्यहरुका विषयमा आफुहरुले आईएलओमा मुद्धा दायर गर्ने बताए । औद्योगिक व्यवसाय ऐन झेली खेल खेलेर ल्याईएको आरोप लगाउँदै उनले सामाजिक सुरक्षा, सामाजीक बीमाका कार्यक्रममा आईएलओसँग प्राबिधिक सहयोग लिने बताए ।

बैठकले आगामी एकवर्षे कार्यकालका लागि शालिकराम जम्कटेललाई जेटीयुसीसीको अध्यक्षमा चयन गरेको छ । जेटीयुसीसीका अध्यक्ष खिलानाथ दाहालले लोगो हस्तान्तरण गर्दै जम्कटेललाई आगामि कार्यकालको अध्यक्ष घोषणा गरेका हुन् । आगामि जनावरी देखि नवनिर्वाचित अध्यक्ष जम्कटेलले कार्य सम्हाल्नेछन् ।

easy care

प्रकाशित: २९ मंसिर २०७३, बुधबार