विश्वको सबैभन्दा पातलो टू-इन-वान ल्यापटप ‘लेनोभो योगा बुक’ भारतमा

Technology Khabar २९ मंसिर २०७३, बुधबार

विश्वको सबैभन्दा पातलो टू-इन-वान ल्यापटप ‘लेनोभो योगा बुक’ भारतमा

काठमाडौं ।

काठमाडौं, २९ मंसिर । लेनोभोले भारतीय बजारमा आफ्नो नयाँ स्मार्ट टू इन वान (2-in-1) ल्यापटप योगा बुक Yoga Book) सार्वजनिक गरेको छ । कम्पनीले यो ल्यापटपलाई विश्वको सबैभन्दा पातलो टू इन वान ल्यापटप दाबी गरेकोछ ।

योे ल्यापटपको मोटाइ ९.६ मीलिमीटर मात्र रहेको छ भने तौल ६९० ग्राम छ । टू इन वान योगा बुक ३६० डिग्रीसम्म घुमाउन सकिन्छ । यो ल्यापटपमा १०.१ इन्चको आइपीएस डिस्प्लेसहितको स्क्रीन राखिएको छ ।

यसमा २.४ गीगाहर्जको क्वाड कोर इन्टेल एटम प्रोसेसर राखिएको छ भने ४ जीबीको र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज छ जसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

फोटोका लागि यो ल्यापटपमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा छ । त्यसैगरी यसमा ८,५०० एमएएचको ब्याट्री छ जसले १३ घण्टासम्म टू इन वान ल्यापटप प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

यो हालो की बोर्ड तथा रियल पेनका साथमा आउने पहिलो ल्यापटप हो । यो म्याग्नेशियम अल्यूमिनियम एलोयद्धारा बडी बनाईएको यो ल्यापटप सेन्सेटिभ सेन्सर की बोर्डसहित आउँछ जसले केबल टच टेक्नोलोजी जस्तै काम गर्दछ ।

भारतीय बजारमा यो ल्यापटपको विण्डोज भर्सन मात्र सार्वजनिक भएको हो । केबल फ्लिपकार्टमा मात्र उपलब्ध रहेको यो टू इन वान ल्यापटपको मूल्य भारु ४९,९९०/- तोकिएको छ ।

easy care

प्रकाशित: २९ मंसिर २०७३, बुधबार

ताजा समाचार