शाओमीको ‘मिजीआ’ इलेक्ट्रिक स्कूटर, ३० किलोमिटरसम्म गुड्ने

Technology Khabar २९ मंसिर २०७३, बुधबार

शाओमीको ‘मिजीआ’ इलेक्ट्रिक स्कूटर, ३० किलोमिटरसम्म गुड्ने
NTC_Advt

काठमाडौं ।

काठमाडौं, २९ मंसिर । चीनियाँ टेक कम्पनी शाओमीले आफ्नो नयाँ इलेक्ट्रिक स्कूटर सार्वजनिक गरेको छ । कम्पनीले यो स्कूटरलाई मिजीआ नाममा चीनमा सार्वजनिक गरेको हो । यो नयाँ एमआई स्कूटरमा एयर क्राफ्टमा प्रयोग हुने अल्यूमुनियमको प्रयोग गरिएको छ । यो पार्टेबल डिजाइनमा छ सस्तो पनि रहेको छ ।

शाओमीको मिजीआ स्कूटरले २५ किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्दछ भने यसले करिब ७५ किलो तौल भएको मानिसलाई बोकेर ३० किलोमिटरसम्म गुड्दछ । यो इलेक्ट्रिक स्कूटरमा २८० वाटको एलजीको १८५० लिथिअम ब्याट्री प्रयोग गरिएको छ जसमा ५०० वाटको मोटर राखिएको छ ।

यो स्कूटर काइनेटिक इनर्जी रिकभरी सिस्टमका साथमा आउँछ जसले काइनेटिक इनर्जीलाई इलेक्ट्रिक इनर्जीमा परिवर्तन गर्दछ । स्कूटरमा रिजेनेरेटिभ ब्रेकिंग प्रणालीका साथै रेगुलर ब्रेक डिस्क पनि राखिएको छ जसले ४ मिटरको दूरीमा पूर्णरुपमा रोक्न सक्दछ ।

शाओमीले नयाँ स्कूटर सेतो र कालो दुईवटा कलर अप्सनमा सार्वजनिक गरेको छ ।

यो स्कूटर यूजरको स्मार्टफोनसँग ब्लूटूथबाट कनेक्ट हुनसक्दछ भने केबल ३ सेकेण्डमा नै फोल्ड गर्न सकिन्छ । यसलाई एपबाट प्रयोग गर्न सकिन्छ जसले यसको वर्तमान गति, ब्याट्री चार्ज र रेन्जको बारेमा जानकारी दिन्छ ।

 

करिब १२ किलोग्राम तौल भएको यो स्कूटरको मूल्य चीनमा १,९९९ यूआन अर्थात करिब २९० अमेरिकी डलर रहेको छ भने बिहिबारदेखि चीनमा उपलब्ध हुनेछ ।

माध्यम

प्रकाशित: २९ मंसिर २०७३, बुधबार