नोकियाका दुईवटा फिचर फोन सार्वजनिक, ३२ जीबीको एसडी कार्ड प्रयोग गर्न सकिने

Technology Khabar २८ मंसिर २०७३, मंगलवार

नोकियाका दुईवटा फिचर फोन सार्वजनिक, ३२ जीबीको एसडी कार्ड प्रयोग गर्न सकिने

काठमाडौं ।

काठमाडौं, २८ मंसिर । नोकियाले विश्व बजारमा दुईवटा नयाँ फिचर फोनहरु सार्वजनिक गरेको छ । कम्पनीले नोकिया १५० तथा नोकिया १५० ड्यूल सिम फिचर फोनहरु सार्वजनिक गरेको छ ।

एचएमडी ग्लोबलले नोकियाका पहिलो फोनहरु सार्वजनिक गरेको हो । यसअघि माइक्रोसफ्टले नोकियाका फोनहरु बजारमा सार्वजनिक गर्ने गरेको थियो ।

दुबै फिचर फोनहरुको मुल्य २६ अमेरिकी डलर तोकेको छ । जसमा एमपी थ्री, एफएम रेडियो, ब्लूटूथ लगायतका फिचर छन भने फोनमा २२ घण्टासम्मको टक टाइम तथा ३१ दिनको स्ट्याण्डबाई दिने ब्याट्री राखिएको छ ।

यो स्मार्टफोनमा अडियोका साथमा स्नेक जेन्जिया पहिले नै राखिएको छ भने निट्रो रेसिंगको ट्राइ एण्ड बाइ भर्सन राखिएको छ ।

नोकियाका दुबै फोनहरुमा भीजिए रिजोल्यूशन भएको फ्ल्याशसहितको क्यामरा पनि राखिएको छ ।

दुबै फोनहरु सन् २०१७ को शुरुवातमा बजारमा उपलब्ध हुनेछ जसमा थ्रीजी सपोर्ट भने छैन् ।

फोनमा २.४ इन्चको स्क्रीन रहेको छ भने माइक्रो यूएसबी चार्जर तथा एलईडी टर्चलाइट राखिएको छ । फोनमा स्टोरेज बढाउनका लागि ३२ जीबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ भने यसमा नोकिया सिरिज ३० प्लस अपरेटिंग सिस्टम प्रयोग गरिएको छ ।

स्रोत माध्यम

Global Bank
easy care

प्रकाशित: २८ मंसिर २०७३, मंगलवार

ताजा समाचार