एप्पलको आगामी आइफोनमा ओएलईडी डिस्प्ले

Technology Khabar २७ मंसिर २०७३, सोमबार

एप्पलको आगामी आइफोनमा ओएलईडी डिस्प्ले

काठमाडौं ।

काठमाडौं, २७ मंसिर । एप्पलले आगामी आइफोनमा ओएलईडी (OLED) डिस्प्ले प्रयोग गर्ने निश्चित भएको र सन् २०१७ मा आउने आइफोनमा यसको प्रयोग हुने रिपोर्ट बाहिर आएको छ ।

यसअघि एलसिडी स्क्रीन प्रयोग हुँदै आएको एप्पलको स्मार्टफोनमा अब भने ओएलईडीले त्यसलाई प्रतिस्पाथन गर्ने भएको छ । यसअघि पनि केजीआई सेक्युरिटीजका विश्लेषक मिंग ची कोउले सन् २०१७ मा तीन वटा आइफोन मोडल आउने उल्लेख गरेका थिए, जसमध्ये एउटा मोडल भने एप्पलको फोन उत्पादन भएको १० औं वर्षको अवसर पारेर आउने भएको छ ।

एप्पलले सन् २०१७ मा दुईवटा आइफोनहरु सेभेन एस (iPhone 7s) सिरिजमा अहिलेकै सेभेन तथा सेभेन प्लसको अपडेटेड भर्सन ल्याउने र अर्को भने विशेष ह्याडसेट ल्याउने तयारी गरेको हो । यो विशेष स्मार्टफोनमा भने संभवत ओएलईडी डिस्प्ले नै प्रयोग हुने बताईएको छ । आइफोन उत्पादनको १० औं वर्षको अवसरमा आउने यो विशेष स्मार्टफोन भने सिमित संख्यामा मात्र उत्पादन हुनेछ ।

एप्पलले यसअघि नै सामसंगसँग ओइएलईडी डिस्प्ले खरिद गर्नका लागि सम्झौता गरिसकेको छ भने अन्य ओएलईडी डिस्प्ले उत्पादक कम्पनीहरुले पनि एप्पलको माग बमोजिमको ओएलईडी डिस्प्ले उत्पादन वृद्धि गर्ने प्रयासमा छन् ।

यसका साथै सन् २०१७ मा आउने तीनवटा आइफोनहरुमध्ये एउटामा अगाडिको फ्रन्ट साइडमा पूर्णरुपमा ग्लास राखिएको हुनेछ र कुनै पनि बटनहरु राखिनेछैन् । यो फोनमा टचआईडी फिंगरप्रिन्ट स्क्यानरलाई डिस्प्लेको मुनिको भागमा राखिनेछ । यो फोन बेजेल लेस हुनेछ भने केहि घुमाउदार स्क्रीनसहितको हुनेछ ।

नयाँ आइफोनमा ड्यूल सिम फिचर

यसैबिच हालै चीनबाट आएको अर्को रिपोर्टअनुसार नयाँ आइफोनमा दुईवटा सिम (Dual SIM) प्रयोग हुनेछ । यो स्पष्ट भएको छैन् की आइफोन सेभेन एस (iPhone 7s) अथवा आईफोन ८ (iPhone 8) कुन स्मार्टफोनमा ड्यूल सिम फिचर आउनेछ । चीनको माइक्रो ब्लगिंग साइट वेबोमा आएको एक रिपोर्टअनुसार नयाँ आइफोनमा ड्यूल सिम हुनसक्नेछ । यसअघि एप्पलले ड्यूल सिमसँग सम्बन्धित दुईवटा घरेलु प्याटेन्ट दर्ता गरिसकेको छ । जसमध्ये एउटा सिम सेलेक्सनसँग सम्बन्धित छ भने अर्को ड्यूल सिम प्रविधिलाई पावर उपयोग गर्ने सम्बन्धित रहेको छ ।

तर यो रिपोर्टको आधिकारिकता भने अझै पुष्टि भईसकेको छैन तथा यसको बिस्तुत जानकारी पनि छैन् ।

माध्यम १  माध्यम २

Global Bank
easy care

प्रकाशित: २७ मंसिर २०७३, सोमबार

ताजा समाचार