सामसंग ग्यालेक्सी एस ८ मा होम बटन नहुने, अगाडीकाे भागमा पुरै स्क्रीन

Technology Khabar २६ मंसिर २०७३, आईतवार

सामसंग ग्यालेक्सी एस ८ मा होम बटन नहुने, अगाडीकाे भागमा पुरै स्क्रीन

काठमाडौं ।

काठमाडौं, २६ मंसिर । सामसंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) को बारेमा विभिन्न जानकारीहरु दैनिक जसो आउने गरेका छन् । हालै आगामी वर्ष आउने नयाँ फ्ल्यागशिप स्मार्टफोनमा होम बटन हुने वा नहुने भन्ने समाचारहरु निरन्तर आईहेका छन् ।

यसअघि नयाँ स्मार्टफोन पूर्णरुपमा फ्रन्ट डिस्प्लेसहितको आउने र फिजिकल होम बटन राखिने रिपोर्ट आएकोमा हाल भने यसमा फिजिकल होम बटन नहुने जानकारी आएको छ । नयाँ रिपोर्टअनुसार नयाँ फोनको अगाडिको भाग पूर्णरुपमा स्क्रीनसहितको हुनेछ र होम बटन तथा बेजेल पनि नराखिने भएको छ ।

ग्यालेक्सी एस ८ मा कन्ट्रोल कीहरु डिस्प्लेको भित्री भागमा राखिने र यो भर्चुअल्ली मात्र प्रयोग गर्न सकिनेछ । यसका लागि कम्पनीले क्वालकमको अल्ट्रासोनिक फिंगरप्रिन्ट रिडर संभवत प्रयोग गर्नेछ, जून फ्रन्ट ग्लासको मुनिको भागमा लुकाउन सकिन्छ । यस्तै प्रविधि यसअघि शाओमीले एमआई ५ एस तथा एमआई मिक्समा प्रयोग गरिसकेको छ ।

सामसंगको नयाँ फोनमा सूपर एमोलेड स्क्रीन नै प्रयोग गरिने तर यसलाई अपग्रेड गरिएको छ । र यो फोन सायद ५.१ तथा ५.५ इन्चको कब्र्ड एज डिस्प्लेसहित आउनेछ ।

रिपोर्टकाअनुसार सामसंगले यो फोन आागामी मार्च महिनामा सार्वजनिक लक्ष्य राखेको छ, तर यसलाई व्यापक परिक्षण गर्दा अप्रिलसम्ममा मात्रै सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ ।

यसका साथै यसअघि चर्चा गरिएको ड्यूल क्यामरा सेटअप नयाँ फोनमा हुनेछैन भने सामसंगले यसको सफ्टवेयरको क्षेत्रमा सुधार गर्न ध्यान केन्द्रित गरेको छ ।

जे भएपनि सामसंगले बजारमा कडा प्रतिस्पर्धाको चुनौती सामना गर्नुपर्ने हुन्छ, किनकी एप्पलले पनि नयाँ फोनहरुमा ओएलईडी डिस्प्ले प्रयोग गर्ने तयारी गरिरहेको छ भने शाओमीले बेजेल लेस फोन बजारमा ल्याईसकेको छ ।

माध्यम

easy care

प्रकाशित: २६ मंसिर २०७३, आईतवार