अपटेड समाचार

सामसंगको न्यूरोडस्थित स्मार्टक्याफे नयाँ डेकोरेशनसहित पुनः संचालन

काठमाडौं, २४ मंसिर । सामसंगले न्यूरोडमा रहेको स्मार्ट क्याफेलाई नयाँ डेकोरेशनसहित संचालनमा ल्याएको छ । सामसंगका स्मार्टक्याफे संचालन गर्दै आएको आइएमएस स्मार्टले बिहिवारदेखि काठमाडौंको न्यूरोड पाको अवस्थित आफ्नो सामसंग स्मार्टफोन क्याफे नयाँ डेकोरेशनका साथ फेरि सुरु गरेको हो ।

ग्राहकहरुलाई विश्वस्तरीय सपिङ्गको अनुभव प्रदान गर्नका लागि उक्त स्टोर पुन संचालनमा ल्याइएको आइएमएसले जनाएको छ । ब्राण्ड सपको अनावरण आइएमएस ग्रुपक अध्यक्ष दीपक मल्होत्रासँगै कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अध्यक्ष दिकेश मल्होत्राले गरे ।

कार्यक्रममा अध्यक्ष मल्होत्राले भने–“यस मर्मत सम्भार कार्यक्रमसँगै हाम्रा ग्राहकहरुलाई यस्तै विश्वस्तरीय शपिङ्ग अनुभव प्रदान गर्न सक्ने कुरामा हामी विश्वस्त छौं ।

यसै उपलक्ष्यमा ग्राहकहरुलाई थप सुविधा पस्कन र शोरुम पुनः सुरु भएको उत्सवमा कम्पनीले मंसिर २१ गतेदेखि २९ गतेसम्म पाको शोरुममार्फत हरेक सामसंग मोबाइल फोनको खरिदमा ६ जीबीको डाटा निःशुल्क प्रदान गर्ने जानकारी दिएकाे छ ।