माइक्रोम्याक्सको इन्ट्रि लेभलमा नयाँ सिरिजका स्मार्टफोन

Technology Khabar २४ मंसिर २०७३, शुक्रबार

माइक्रोम्याक्सको इन्ट्रि लेभलमा नयाँ सिरिजका स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, २४ मंसिर । माइक्रोम्याक्सले आफ्नो इन्ट्रि लेभलको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा नयाँ इन्ट्रि लेभको स्मार्टफोन सिरिज ल्याएको हो ।

माइक्रोम्याक्सले नयाँ सिरिजको दुईवटा स्मार्टफोनहरु भिडिओ वान (Vdeo 1) तथा भिडिओ २ (Vdeo 2) लन्च गरेको हो । माइक्रोम्याक्सको यो स्मार्टफोनहरु फोरजी भीओएलटिई (4G VoLTE) फिचरसहितका छन भने दुबै स्मार्टफोनहरु रिलायन्स जियोको सिमका साथमा भारतमा उपलब्ध हुनेछ ।

माइक्रोम्याक्स भिडिओ वानमा ४ इन्चको डब्लुभिजीए स्क्रीन राखिएको छ भने यसमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर तथा १ जीबीको र्याम रहेको छ ।

फोनमा ८ जीबीको इन्टरनल स्टोरेज रहेको छ जसलाई बढाएर १२८ जीबीसम्म बनाउन सकिन्छ । फोटोका लागि यो फोनमा ५ मेगापिक्सेलको रियर तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ, भिओएलटिई फिचर छ भने यसमा १,६०० एमएएचको ब्याट्री राखिएको छ । अर्को फोन भिडियो टूमा ४.५ इन्चको एफडब्लुभिजीए स्क्रीन राखिएको छ भने यसमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसर तथा १ जीबीको र्याम रहेको छ ।

फोनमा ८ जीबीको इन्टर्नल स्टोरेज छ जसलाई बढाएर १२८ जीबी पुर्याउन सकिन्छ ।

फोनमा फोटोका लागि ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ, भिओएलटिई लगायतका फिचर छन । यो फोनमा १,८०० एमएएचको ब्याट्री पावर छ ।

दुबै स्मार्टफोनहरु एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सनमा आधारित रहेका छन् ।

Global Bank
easy care

प्रकाशित: २४ मंसिर २०७३, शुक्रबार

ताजा समाचार