आकस्मिक पूर्वअभ्यास तालिम सम्पन्न, सम्भावित ठूलो विपद्का लागि तयार

Technology Khabar २३ मंसिर २०७३, बिहीबार

आकस्मिक पूर्वअभ्यास तालिम सम्पन्न, सम्भावित ठूलो विपद्का लागि तयार

काठमाडौं ।

काठमाडौं, २२ मंसिर । प्राकृतिक विपद्का लागि आकस्मिक पूर्वतयारी, प्रतिकार्य र क्षमता अभिवृद्धिसम्बन्धी तीन दिने आकस्मिक पूर्वअभ्यास आज काठमाडौंमा सम्पन्न भएको छ । गृह मन्त्रालयसँगको सहकार्यमा राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले अभ्यासको आयोजना गरेको हो ।

विपद् व्यवस्थापन सरोकारवालहरुको क्षमता अभिवृद्धि गर्ने र पूर्वतयारी तथा प्रतिकार्यलाई पूर्वचेतावनी प्रणालीसँग अझ प्रभावकारी रुपमा जोड्ने उद्देश्यले आयोजित आकस्मिक पूर्वअभ्यासमा सरकार, राष्ट्रसङ्घीय निकाय, गैरसरकारी संस्था र निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यो अभ्यास अस्ट्रेलियन एड, अस्ट्रेयाली सरकार–वैदेशिक मामिला तथा व्यापार विभाग र जर्मन सङ्घीय वैदेशिक कार्यालयको आर्थिक सहयोगमा सञ्चालित परियोजनाहरु अन्तर्गत भएको हो । अभ्यासको आयोजना डब्लुएफपीले डीएफआइडीको सहयोगमा विपद्को अवस्थामा मानवीय प्रतिकार्यको वन्दोबस्ती व्यवस्थापन सहजीकरणका लागि वि.सं.२०७२ सालमा गएको भूकम्पको केही अघि मात्र शुरु गरिएको काठमाडौंस्थित मानवीय सहायता स्थलमा भएको हो ।

डब्लुएफपी नेपालकी उप–राष्ट्रिय निर्देशक फ्रान्सेस्का कापोनेराले नेपाल विश्वका विपद्बाट सबैभन्दा प्रभावित देशहरुमध्ये मृत्युदर र घटनाहरुको संख्या दुवै हिसाबले पहिलो दशमध्येमा पर्ने जानकारी दिईन्  उनले भनिन, “राष्ट्रिय सरोकारवालाहरुको जीवन र जनजीविका दुवैलाई सुरक्षित राख्ने क्षमता अभिवृद्धि गर्ने कार्यलाई डब्लुएफपी मद्दत गर्न चाहन्छ । यो तालिम आफैँमा पृथक छ किनभने यसले तीन महत्वपूर्ण पक्षहरु–पूर्र्वचेतावनी, पूर्वतयारी र प्रतिकार्यमा जोड दिन्छ, र यी विपद्को प्रभाव कम गर्नका लागि अत्यावश्यक पक्ष हुन् ।”

अभ्यासमा राष्ट्रिय र जिल्लास्तरका सरोकारवालाहरुबीच निर्णय लिने र समन्वयको सीप विकास गर्नेका साथै घुम्ती भण्डारण इकाइ र दूरसञ्चार उपकरणहरुको स्थापनाकार्य जस्ता व्यवहारिक बन्दोबस्ती सीपहरुको पनि अभ्यास गरिएको थियो ।

easy care

प्रकाशित: २३ मंसिर २०७३, बिहीबार