सामसंग ग्यालेक्सी एस ८ मा क्वाड एचडी डिस्प्ले, हेडफोन ज्याक हटाईने

Technology Khabar २२ मंसिर २०७३, बुधबार

सामसंग ग्यालेक्सी एस ८ मा क्वाड एचडी डिस्प्ले, हेडफोन ज्याक हटाईने

काठमाडौं ।

काठमाडौं, २२ मंसिर । सामसंगको ग्यालेक्सी एस ८ (Galaxy S8) स्मार्टफोनको बारेमा नयाँ नयाँ जानकारी आउने क्रममा हालै यसमा फोर के (4K) डिस्प्ले नभई टू के (2K) डिस्प्ले हुने जानकारी बाहिर आएको छ ।

यसअघिको ग्यालेक्सी एस सेभेनमा पनि टु के (क्वाड एचडी) रिजोल्यूशन भएको डिस्प्ले थियो भने नयाँ फोनमा भने सुपर एमोलेड प्यानेल प्रयोग गरिने बताईएको छ । ग्यालेक्सी एस ८ को नयाँ सुपर एमोलेड डिस्प्लेमा स्ट्याडण्र्ड आरजीबी (RGB) राखिएको छ जसले कम पावर लिने र लामो अवधिसम्म टिक्ने किसिमको रहेको बताईएको छ । नयाँ डिस्प्लेमा प्रयोग गरिएको नयाँ सामाग्रीहरुले यसको गुणस्तरलाई अझै सुधार गर्नेछ ।

नयाँ डिस्प्लेमा करिब ५० प्रतिशत अधिक सब पिक्सेल, अधिक शार्पनेस तथा थप पिक्चर क्वालिटि हुनेछ । र यसले भिआरमा अहिलेको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एजको भन्दा अधिक गुणस्तरको पिक्चर देखाउनेछ ।

यसका साथै सामसंगले प्रयोग गर्ने नयाँ प्यानेलमा मजबूत सामाग्रीहरुको प्रयोग गर्नेछ जसले यो टुट्न वा फुट्न कठिन हुनेछ ।

यसका साथै सामसंगले ग्यालेक्सी नोट ८ मा होम बटन डिस्प्लेको भित्री भागमा राख्ने जानकारी पनि आएको छ । यसको डिजाइन ग्यालेक्सी नोट सेभेन जस्तै हुने र स्क्रीन टू बडि रेसियो अधिक हुने बताईएको छ । यसमा राखिने फिंगरप्रिन्ट सेन्सर डिस्प्लेसँगै आउनेछ भने ग्यालेक्सी एस ८ अप्टिकल फिंगरप्रिन्ट आइडेन्टिफिकेसन सहिरुपमा प्रयोग गर्ने पहिलो ह्याण्डसेट हुनेछ ।

यसैबिच आएको अर्को समाचारअनुसार ग्यालेक्सी ८ मा ३.५ मिलिमीटरको हेडफोन ज्याक हटाउने छ र यसमा यूएसबी टाइप सी पोर्ट प्रयोग गरिनेछ । यसअघि यस्तो प्रयोग एप्पलले आईफोन सेभेनमा र अन्य चीनियाँ कम्पनीहरुले गरेका थिए । सामसंगले हेडफोन ज्याक हटाएरमा ग्यालेक्सी एस ८ अझ पातलो हुनेछ र ठूलो ब्याट्रीका लागि ठाउँ बन्नेछ ।

सामसंगले नयाँ फोनमा हर्मनसँगको सहकार्यमा इन्टिग्रेट स्टेरियो स्पिकरहरु राख्न सक्नेछ, जसलाई सामसंगले ८ विलियन अमेरिकी डलरमा खरिद गर्दैछ ।

सामसंगले ग्यालेक्सी एस ८ आगामी वर्षको फेब्रुअरी महिनामा बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गर्नेछ ।

माध्यम

easy care

प्रकाशित: २२ मंसिर २०७३, बुधबार

ताजा समाचार