चीनियाँ स्मार्टफोन कम्पनीहरु आफैं ‘एमोलेड’ डिस्प्ले उत्पादनमा

Technology Khabar २० मंसिर २०७३, सोमबार

चीनियाँ स्मार्टफोन कम्पनीहरु आफैं ‘एमोलेड’ डिस्प्ले उत्पादनमा

काठमाडौं ।

काठमाडौं, २० मंसिर । चीनियाँ स्मार्टफोन उत्पादक ह्वावे टेक्नोलोजिज (Huawei), ओप्पो (Oppo), भिभो (Vivo) र बिबिके (BBK) मिलेर आफैंले एमोलेड (AMOLED) डिस्प्ले उत्पादन गर्ने छलफल शुरु गरेका छन् ।

भर्खर्र एप्पलले सामसंगसँग एमोलेड डिस्प्ले किन्ने सम्झौता गरेपछि चीनियाँ कम्पनीहरुले एमोलेड डिस्प्ले आपूर्तिलाई सहज बनाउन विकल्पको बारेमा छलफल शुरु गरेका हुन् । सामसंगले एप्पललाई आगामी वर्षदेखि आईफोनमा प्रयोग हुने गरि एमोलेड डिस्प्ले बिक्री गर्ने सम्झौता गरेको छ, यो सम्झौताले बजारमा एमोलेड डिस्प्लेको अभाव हुने संभावना देखिएको बतार्ईएको छ । अागामी वर्षहरूमा एप्पलले मात्रै सामसंगसँग १० कराेड भन्दा बढि एमोलेड डिस्प्ले खरिद गर्नेछ ।

चीनमा आधारित फ्लेक्जिबल प्यानेल निर्माता रोयोलले (Royole) स्थानियतहमा एमोलेडको उत्पादन गर्नका लागि संयुक्त सहायता संकाय स्थापना गर्न लागेको चीनियाँ मिडियाहरुले उल्लेख गरेका छन् ।

एप्पलको आगामी पुस्ताको ट्याबलेट तथा स्मार्टफोनहरुमा एमोलेड प्यानेलको प्रयोग हुनेछ जुन २०१८ देखि २०२० सम्म ठूलो मात्रामा माग हुने र यसले अन्य स्मार्टफोन उत्पादकहरुलाई सिमित मात्रामा मात्र एमोलेड डिस्प्ले प्राप्त हुने आशंका जनाईएको छ । यो कारणले गर्दा बजारमा अन्य उत्पादकहरुको उत्पादन कम प्रतिस्पर्धि हुनसक्ने  संभावना रहेको छ ।

यहि कारणले गर्दा सात वटा चीनियाँ स्मार्टफोन उत्पादक कम्पनीहरुले यसअघि नै एउटा छुटै सहायक कम्पनीको स्थापना गरेर प्यानेल उत्पादनमा ध्यान केन्द्रित गरेका छन् । यो कम्पनीले सन् २०१७ देखि २०१९ को बिचमा करिब ६०,००० एमोलेड डिस्प्ले उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

त्यसैगरि रोयोलले पनि आफ्नो क्षमतालाई बिस्तार गर्दै सन् २०१७/२०१८ मा ४५,००० यूनिट उत्पादन गर्ने र चीनको सेन्झेनमा ५.५ जी (5.5G) प्रोडक्सन लाइन स्थापना गर्ने क्रममा रहेको छ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: २० मंसिर २०७३, सोमबार