सिएनआईको सञ्जाल अब पोखरामा

Technology Khabar १९ मंसिर २०७३, आईतवार

सिएनआईको सञ्जाल अब पोखरामा

काठमाडौं ।

काठमाडौं, १९ मंसिर । नेपाल उद्योग परिसंघले प्रदेश नंवर ४ को प्रशासनिक तथा आर्थिक केन्द्र पोखरामा आफ्नो सञ्जाल विस्तार गरेको छ । पोखरा र आसपासका क्षेत्रमा सञ्चालित उद्योगहरुको संगठन पोखरा उद्योग संघलाई परिसंघको संस्थागत सदस्यता प्रदान गरेर समग्र ४ नंवर प्रदेशका उत्पादनमुलक तथा सेवा उद्योगहरुको प्रतिनिधि संस्थाका रुपमा विकास गर्ने उद्देश्यसहित सञ्जाल विस्तार गरिएको हो ।

मुलुक संघीय प्रणालीमा प्रवेश गरिसकेको अवस्थामा औद्योगिक क्षेत्रको छाता संगठन परिसंघले पनि सोही अनूरुप सञ्जाल विस्तार गरेको परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए । अध्यक्ष शर्माले भने, ‘आगामी दिनमा यसको क्षमता विस्तार गर्दै थप सक्षम र प्रभावकारी बनाएर समग्र प्रदेशमा औद्योगिकरण तथा उद्यमशिलता विकासमा योगदान पु¥याउने हाम्रो लक्ष्य हो ।’

पोखरा उद्योग संघका अध्यक्ष विनोद शर्मा न्यौपानेले पोखरा आसपासका उद्योग प्रतिष्ठानहरुले राष्ट्रिय स्तरमा आफ्ना मुद्दाहरुको पैरवी गर्ने र समस्या समाधानका लागि सहयोग गर्ने सशक्त संस्थाको आवश्यकता महशुुस गरिरहेको अवस्थामा परिसंघले त्यसको परिपूर्ति गरेको धारणा राखे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले उद्योग र वाणिज्यको सम्वन्ध नङ र मासु जस्तै हुने भएकाले आपसी हितका लागि प्रतिस्पर्धा नभई सहकार्य फलदायी हुने बताए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले औद्योगिकरण विना कुनै पनि देशको समृद्धि सम्भव नभएको बताउँदै संघ र परिसंघको सहकार्य प्रस्तावित ४ नंवर प्रदेशमा उद्योगधन्दाको विस्तार र उद्यमशिलता विकासका लागि कोषेढुङगा सावित हुने विश्वास ब्यक्त गरे ।

Global Bank
easy care

प्रकाशित: १९ मंसिर २०७३, आईतवार