केएल टावरद्धारा बिजेताहरुलाई उपहार बितरण

Technology Khabar १९ मंसिर २०७३, आईतवार

केएल टावरद्धारा बिजेताहरुलाई उपहार बितरण
Classic Tech

काठमाडौं, १९ मंसिर । केएल टावरले दशैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहार बितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच उपहार कार्यक्रममा सहभागि तीन जनालाई टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, जेष्ट स्कुटर तथा थाइल्याण्डको बैंङ्कक भ्रमणको प्याकेज बितरण गरेको हो ।

टावरले उपहार योजना अन्तरगत एक हजार रुपैंयाभन्दा बढीको सामान खरिद गर्नेलाई उपहार कुपन उपलब्ध गराएको थियो । विजेता सरिता गुरुङ्गलाई टिभिएसको अपाचे आरटिआर मोटरसाइकल प्रदान गरियो । त्यसैगरी अर्का बिजेता लोप्साङ्गले टिभिएस जेष्ट स्कुटर हात पारे भने अनिता श्रेष्ठले चार रात पाँच दिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् ।

रमाइलो दसैँ–तिहार नाम दिइएको योजनामा ३५ जनाले जेडटिईको स्मार्ट फोन, ४० जनाले एफक्युबको सिनेमा टिकट, ६० जनाले शपिंग भौचर पाएका छन् । त्यसै गरि गोदरेज ब्राण्डका टेलिभिजन सेट, वासिंग मेसिन, रेफ्रिजिरेटर, माइक्रो ओभन तथा टाइमेक्स घडी एक एक जनाले हात पारेको जानकारी दिएको छ ।

TK Viber

प्रकाशित: १९ मंसिर २०७३, आईतवार

Loading...