स्लीपवेल म्याट्रेसको पहिलो शोरुम धरानमा

Technology Khabar १७ मंसिर २०७३, शुक्रबार

स्लीपवेल म्याट्रेसको पहिलो शोरुम धरानमा

काठमाडौं ।

काठमाण्डौ, १७ मंसिर । भारतीय म्याट्रेस कम्पनि स्लीपवेलले नेपालमा आफ्नो पहिलो प्रदर्शन तथा बिक्री कक्ष धरानमा खोलेको छ । धरानस्थित पुतली लाईनमा स्लीपवेल डेकोर नामक नेपालको पहिलो हिलो स्लीपवेल शोरुम संचालनमा ल्याएको हो ।

‘माई म्याट्रेस’ शिर्षकको नबिनतम योजना अनुसार नेपालमा मात्र नभई भारतमा समेत गरी एक बिशिष्ट प्रयोग भएको र ग्राहकहरुलाई आप्mनो सहुलियत र सुबिधा अनुसारको म्याट्रेस छनौट गर्ने अवसर प्रदान गर्ने कम्पनीको भनाई छ ।

हामीहरु आफ्नो नयाँ उत्पादन माई म्याट्रेसलाई बजारमा ल्याउन पाउँदा निकै उत्साहित रहेका छौं । यो प्रबिधि र ग्राहकहरुको छनौट तथा खरिद प्रक्रियाको एक नबिनतम प्रयोग हो जसले परम्परागत रुपमा ग्राहकहरुले म्याट्रेस छनौट गर्ने तरिकामा युगान्तकारी परिवर्तन ल्याउने छ । कम्पनिका मार्केटिंग म्यानेजर श्री बिकास अग्रवालले भने ।

स्लीपवेलको माई म्याट्रेस सिरिजका नरम, कडा वा झन् कडा, सबै प्रकारका सहतहरुको म्याट्रेसहरुको मुल्य समानता कायम गरिएको छ ।

माई म्याट्रेस सिरिजका स्लीपवेल म्याट्रेसहरु नेपालका प्रमुख स्टोरहरुमा रु. २१०००।– देखि डबल साईजका लागि अधिकतम रु. ३६०००।– मा उपलब्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १७ मंसिर २०७३, शुक्रबार