श्रमिकहरु लगानीका बिरोधी होइनन्: जिफन्ट अध्यक्ष रिमाल

Technology Khabar १७ मंसिर २०७३, शुक्रबार

श्रमिकहरु लगानीका बिरोधी होइनन्: जिफन्ट अध्यक्ष रिमाल

काठमाडौं, १७ मंसिर। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले श्रमिकबिरोधी कानुन र देश विखण्डन गर्न खोज्नेहरुको बिरोधमा उत्रन श्रमिकहरुलाई निर्देशन दिएका छन् । जिफन्ट आबद्ध सदस्यहरुको केन्द्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष विष्णु रिमालले श्रमिकहरु लगानीको बिरोधी नरहेको दाबी गरे, तर पनि मजदुरलाई झुक्याएर चोर बाटोबाट ल्याईएको औद्योगिक व्यवसाय ऐनमा नो वर्क नो पे चिन्ताको विषय बनेको बताए । उनले भने– ʽकाम नगरी तलब लिने कोही श्रमिकहरु छैनन् । हामी लगानीको बिरोधी होईनौं । तर ʽनो वर्क नो पेʼ यतिबेला छलफल र चिन्ताको विषय बनेको छ । ʽनो वर्क नो पेʼ भनेको श्रम गर्ने श्रमिकको अपमान होʼ

कारखाना बन्द भयो भने श्रमिकले तलब नलगिदिउन् भन्ने गलत मनसाय राखेर अगाडि बढेको भन्दै उनले भने– ʽव्यवसायीले मजदुरले काम नगरी तलब लिन्छन् भन्नु गलत छ । हामी हड्ताल, झगडा अथवा सल्लाह बिधि भित्रै रहेर गर्न चाहन्छौं । श्रमले महत्व दिएको विषय व्यवस्थापिका संसदले चाँडो पास गरोस् । ʼ

उनले विदेशीको इशारामा संबिधान संसोधनको विषय उठेको भन्दै पहाड र तराईको खण्डनको विषयलाई डटेर सामना गर्न पनि श्रमिकलाई निर्देशन दिएका छन् । यसको बिरोधमा सामेल हुन उनले सम्पूर्ण मजदुरलाई निर्देशन दिएका हुन् ।

TK Viber

प्रकाशित: १७ मंसिर २०७३, शुक्रबार

Loading...