ह्वावेले सन् २०१७ मा ताइवानी बजारमा मेटबुक सार्वजनिक गर्ने

Technology Khabar १७ मंसिर २०७३, शुक्रबार

ह्वावेले सन् २०१७ मा ताइवानी बजारमा मेटबुक सार्वजनिक गर्ने
NTC_Advt

काठमाडौं ।

काठमाडौं, १७ मंसिर । ह्वावे टेक्नोलोजिजले २ इन १ नोटबुक, मेटबुक (MateBook) ताइवानमा सन् २०१७ मा सार्वजनिक गर्नसक्ने समाचार रिपोर्ट आएको छ । कम्पनीले नोटबुक/ट्याबलेटको रुपमा प्रयोग गर्न सकिने हाइब्रिड मोडल ताइवानमा सार्वजनिक गर्ने कम्पनीको ताइवानमा रहेको सेल्स एजेन्ट जुनवेई टेकले जानकारी दिएको छ ।

मेटबुकले ताइवानको बजारमा त्यति धेरै असर पार्न सकेको छैन् जब कि असुटेक कम्प्यूटर तथा एसरले संयुक्तरुपमा करिब ८० प्रतिशत २ इन १ मोडलको हिस्सा ओगटेका छन् । सन् २०१७ मा ताइवानमा निकै पातला र गेमिंग मोडलका नोटबुकहरुले बजार लिने अनुमान गरिएको छ । विश्लेषकहरुले करिब १० लाख नोटबुकहरु ताइवानको बजारमा यो वर्ष बिक्री भएको र माग घट्दो क्रममा रहेको जानकारी दिएका छन् । huawei-matebook-press-shots-2

लेनोभो ताइवानमा ह्वावेको मुख्य प्रतिस्पर्धि ब्राण्ड हो जसको बजार हिस्सा १० प्रतिशत भन्दा पनि कम छ र दुबै कम्पनी चीनमा आधारित रहेका छन् ।

माध्यम

प्रकाशित: १७ मंसिर २०७३, शुक्रबार