सामसंग ग्यालेक्सी जे ७ प्राइम अब अमेरिकी बजारमा

Technology Khabar १६ मंसिर २०७३, बिहीबार

सामसंग ग्यालेक्सी जे ७ प्राइम अब अमेरिकी बजारमा
NTC_Advt

काठमाडौं, १६ मंसिर । सामसंग ग्यालेक्सी जे सेभेन प्राइम (Galaxy J7 Prime) अब अमेरिकामा उपलब्ध भएको छ । यसअघि नेपाल, भारत, भियतनाम लगायतका केहि एशियाली मुलुकहरुमा मात्र उपलब्ध यो स्मार्टफोन भर्खरै मात्र अमेरिकी बजारमा उपलब्ध भएको हो ।

सामसंग ग्यालेक्सी जे सेभेन प्राइम हालै अमेजनमा २८५ अमेरिकी डलरमा लिस्टेड भएको छ । यो अमेरिकामा हाल कालो रंगमा मात्र उपलब्ध हुनेछ ।

ग्यालेक्सी जे सेभेन प्राइममा ५.५ इन्चको फूलएचडी डिस्प्ले रहेको छ भने कोर्निंग गोरिल्ला ग्लास ४ द्धारा सुरक्षित पारिएको छ ।

यो स्मार्टफोनमा कम्पनीको आफ्नै एक्सनोज ७८७० अक्टा कोर १.६ गीगाहर्जमा चल्ने कोर्टेक्स ए ५३ प्रोसेसर राखिएको छ । फोनमा ३ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोेरेज छ जसलाई बढाएर २५६ जीबीसम्म पुर्याउन सकिन्छ ।

यसमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ भने ३,३०० एमएएचको ब्याट्री रहेको छ ।

यो स्मार्टफोनको मूख्य विशेषता भनेको यसमा राखिएको फिंगरप्रिन्ट सेन्सर हो । यसअघि सामसंगले सस्ता र मिड रेन्जका स्मार्टफोनहरुमा फिंगरप्रिन्ट राखेको छैन् । फिंगरप्रिन्ट हालसम्म फ्ल्यागशिप मोडलहरुमा मात्र रहेको थियो ।

प्रकाशित: १६ मंसिर २०७३, बिहीबार