अब फेसबुक मेसेन्जरमा गेम खेल्नुस्, साथीभाईलाई चुनौती दिनुस्

Technology Khabar १६ मंसिर २०७३, बिहीबार

अब फेसबुक मेसेन्जरमा गेम खेल्नुस्, साथीभाईलाई चुनौती दिनुस्

काठमाडौं ।

काठमाडौं, १६ मंसिर । तपाईँ अनलाइन गेमको सौखिन हुनुहुन्छ भने अब फेसबुक मेसेन्जरमा (Facebook Messenger) अब गेम खेल्न सकिने भएको छ । फेसबुकले मेसेन्जरमा नयाँ फिचर थप गरेर ‘इन्स्टान्ट गेम्स’ (Instant Games) राखिएको घोषणा गरेको छ ।

यो गेम आफ्ना साथीभाईहरुको विपक्षी तत्काल भएर खेल्न सकिन्छ । हाल १७ वटा विभिन्न विषयका गेमहरु रहेका छन भने ३० वटा मुलुकहरुमा यो सार्वजनिक भएको छ । games-davidnotes

फेसबुक मेसेन्जरको वेब भर्सनका साथै एन्ड्रोयड ५.० अथवा आइओएस ८ वा त्यस भन्दा नयाँ अपरेटिंग सिस्टम भएका डिभाइसहरुमा खेल्न सकिन्छ ।

फेसबुकले आगामी दिनहरुमा अधिक डेभलपरहरुले अझै गेमहरु ल्याउने अपेक्षा गरेको छ ।

अहिले भएका गेम खेल्नका लागि मेसेन्जरको कन्भर्सेसनमा जानु पर्दछ र नयाँ गेम कन्ट्रोलर आइकनमा ट्याप गर्नुपर्दछ । त्यसपछि आफूले खेल्न चाहेको गेम छनौट गरेर तत्काल खेल्न सकिन्छ । गेमको पहिलो चरण सकिएपछि कन्भर्सेसनमा भएका व्यक्तिहरुले प्रयोगकर्ताको गेमको स्कोर हेर्न सक्दछन र पुन चुनौती दिन सक्दछन्।newsroom-games

गेमहरु मेसेन्जरमा भएको सर्चमा गएर खोज्न सकिन्छ भने फेसबुकको आफ्नै न्यूज फिडमा पनि खोज्न सकिन्छ । जहाँ प्रयोगकर्ताले एकल वा अन्य साथीहरुसँग प्रतिस्पर्धा गरेर मेसेन्जरमा खेल्न सक्दछन् ।

यो गेम मेसेन्जरमा सिधै गएर खेल्न सकिने हुँदा डाउनलोड गर्न आवश्यक छैन् । हाल १० करोडभन्दा बढि मानिसहरुले मेसेन्जर प्रयोग गरिरहेका छन् ।

माध्यम

easy care

प्रकाशित: १६ मंसिर २०७३, बिहीबार