हस्तकला मेलामा १० करोड रुपैंयाको कारोबार,उत्कृष्ट व्यवसायीलाई सम्मान

Technology Khabar १४ मंसिर २०७३, मंगलवार

हस्तकला मेलामा १० करोड रुपैंयाको कारोबार,उत्कृष्ट व्यवसायीलाई सम्मान

काठमाडौं ।

काठमाडौं, १४ मंसिर । नेपाल हस्तकला महासंघले मंसिर १० गते देखि आयोजना भईरहेको १४ औं हस्तकला व्यापार मेला तथा १२ औं हस्तकला प्रतियोगितामा १० करोड बराबरको आर्थिक कारोबार भएको छ ।

मेलाको अन्तिम दिन आजसम्म प्रत्यक्ष र अप्रत्यक्ष १० करोड रुपैंया बराबरको आर्थिक कारोबार भएको छ भने करिब २ लाख अवलोकनकर्ताले मेलाको अवलोकन गरेको महासंघले जानकारी दिएको छ । समापन समारोहमा महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रले आर्थिक विकासको क्रममा निर्यात व्यापारमा अग्रणी भूमिकाको साथै रोजगारी सिर्जनाद्वारा गरिबी निवारणको क्षेत्रमा खेलेको बताए । सो क्रममा उनले नेपाल हस्तकला महासंघको अभिलेख अनुसार गत आर्थिक बर्षमा हस्तकला निकासी करीव ५ अरव बराबरको रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा उत्कृष्ट व्यवसायी तथा स्टललाई सम्मान गरिएको थियो ।

Global Bank
easy care

प्रकाशित: १४ मंसिर २०७३, मंगलवार

ताजा समाचार