नविन सोच र अवधारणामा लगानी गर्न स्टार्टअप फण्ड स्थापना

Technology Khabar १४ मंसिर २०७३, मंगलवार

नविन सोच र अवधारणामा लगानी गर्न स्टार्टअप फण्ड स्थापना
NTC_Advt

काठमाडौं १४ मंसिर । व्यवसाय गर्नका लागि नविन सोच र अवधारणामा लगानी गर्नेगरि ‘स्टार्टअप फण्ड’ शुरु भएको छ । सरकारी र निजी संयुक्त लगानीमा स्टार्ट अप फण्ड शुरु भएको हो ।

सरकार र निजी व्यवसायीक कम्पनीहरुको संयुक्त लगानीमा स्थापना भएको इमर्जिङ नेपालले स्टार्टअप फण्ड सुरु गर्दै नयाँ आइडियामाथि लगानी गर्ने योजना ल्याएका छन् ।

अर्थ मन्त्रालयसहित व्यवसायीक घराना विशाल समूह, आइएमई लगायतको साझेदारी रहेको इमर्जिङ नेपालले स्टार्ट अप फण्डका लागि पुस १४ गतेसम्म आवेदन मागेका छन् । कम्पनीले पत्रकार सम्मेलन गरेर भेञ्चर क्यापिटलका रुपमा इमर्जिङ नेपालले छानिएका दुईवटा स्टार्टअपमा एक करोड रुपैयाँभन्दा माथि लगानी गर्ने जानकारी दिएको छ ।

इमर्जिङ नेपालका अध्यक्ष लालमणि जोशीले स्टार्टअप लगानी कुनैपनि आईडियामा गर्न सकिने भन्दै यो इक्विटीकाे रुपमा रहने जानकारी दिए ।

इमर्जिङ नेपालले शिक्षा, पर्यटन, कृषि  तथा जडिबुटी, मझौला तथा साना व्यवसाय, स्वास्थ्य, सूचना तथा प्रविधिका क्षेत्रमा आउने सिर्जनशील सोचमा लगानी गर्ने जानकारी दिएको छ । यस्तो लगानी न्युनतम एक करोड रुपैयाँबाट कम्पनीको आवश्यकताअनुसार शुरु हुनेछ ।

हाल कम्पनीले दुईवटा स्टार्टअप व्यवसायमा लगानी गर्न सक्ने जानकारी दिएको छ । यसको लागि इच्छुक व्यक्ति वा कम्पनीले आवेदन दिनुपर्नेछ र प्रारम्भिक प्रस्ताव पुस १५ गतेसम्म कम्पनीमा बुझाउनुपर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित: १४ मंसिर २०७३, मंगलवार