शाओमीको एमआई वाईफाई स्पीकर, इन्टरनेटबाट पनि चलाउन सकिने

Technology Khabar १२ मंसिर २०७३, आईतवार

शाओमीको एमआई वाईफाई स्पीकर, इन्टरनेटबाट पनि चलाउन सकिने

काठमाडौं ।

काठमाडौं, १२ मंसिर । चीनियाँ कम्पनी शाओमीले नयाँ स्पीकर सार्वजनिक गरेको छ । यो विशेष किसिमको स्पीकरमा इन्टरनेट पनि प्रयोग गर्न सकिन्छ ।

शाओमीको नयाँ स्पीकरमा इन्टरनेटबाट सिधै गित सुन्न सकिनेछ । शाओमीले यो स्पीकरको नाम एमआई वाईफाई स्पीकर (Mi WIFI Speaker) राखेको छ, जसलाई एमआई इन्टरनेट स्पीकर पनि भनिन्छ ।

शाओमीको यो नयाँ स्पीकरको मूल्य ३३९ यूआन अर्थात करिब ६,४०० रुपैंया पर्दछ । यसको बिक्री शुक्रबारदेखि शुरु भएको छ ।

यो डिभाइसमा ४ वटा स्पीकरहरु राखिएको छ भने एक्स्ट्रा बेसका लागि २.५ इन्चको सब उफर राखिएका छन् । यसका साथै यसमा वेन्टेड बेस डक्ट टेक्नोलोजीको सहयोगबाट २० कोर ट्वटिर्स पनि राखिएको छ । यसलाई वाईफाईको माध्यमबाट इन्टरनेट प्रयोग गर्न सकिन्छ । यसको लागि वाईफाई नेटवर्क छ भने कनेक्टिभिटीका लागि ब्लूटूथ पनि राखिएको छ ।mispeaker

शाओमीको स्पीकरमा ८ जीबीको इन्बिल्ट मेमोरी छ जसले गर्दा इन्टरनेट नभएको बेला यसमा स्टोर गरिएका गित संगित सुन्न सकिन्छ । यसमा ३.५ मिलिमीटरको अडियो ज्याक पनि उपलब्ध छ ।

यो स्पीकरलाई आवाजको माध्यमबाट पनि चलाउन सकिन्छ जसको लागि एउटा बटन राखिएको छ । स्मार्टफोनमा भएको एमआई होम (Mi Home) एपको माध्यमबाट पनि यसलाई नियन्त्रण गर्न सकिन्छ भने यसले अलार्म क्लकको रुपमा पनि काम गर्दछ ।

कम्पनीकाअनुसार यसको डाटाबेसमा २० मिलियन म्यूजिक ट्रयाक छ, जसको लागि कम्पनीले चीनमा म्यूजिक कम्पनीहरुसँग सहकार्य गरेको छ ।

easy care

प्रकाशित: १२ मंसिर २०७३, आईतवार