सामसंगले आफ्नो पिसी यूनिट लेनोभोलाई बिक्री गर्ने संभावना

Technology Khabar १२ मंसिर २०७३, आईतवार

सामसंगले आफ्नो पिसी यूनिट लेनोभोलाई बिक्री गर्ने संभावना

काठमाडौं ।

काठमाडौं, १२ मंसिर । सामसंग इलेक्ट्रोनिक्सले आफ्नो पिसी डिभिजन (Personal Computer) लेनोभोलाई बिक्री गर्न सक्ने भएको छ । यो विषयमा दुई कम्पनीहरुले कुराकानी गरिरहेको रिपोर्टहरु आएका छन् ।

सामसंगले यसअघि नै प्रिन्टर बजारबाट बाहिर निस्कनको लागि आफ्नो प्रिन्टर व्यवसाय एचपी इन्कलाई करिब १.०५ विलियन अमेरिकी डलरमा बिक्री गरिसकेको छ ।

सामसंगको पिसी यूनिट संभवत ट्याबलेट रेन्जका लागि उत्कृष्टरुपमा चिनिन्छ, जबकी यसको ल्यापटपहरु भने पर्सनल कम्प्यूटरको बजारमा प्रिमियम तहका ल्यापटपको रुपमा रहेका थिए ।

सामसंगले पिसी यूनिटको वित्तिय बिबरणहरु कहिलेकाँही मात्र सार्वजनिक गर्ने गर्दछ, र अब सामसंगले लेनोभोसँग महिनौंदेखि यो व्यवसायको बारेमा कुराकानी गरिरहेको छ । लेनोभोले पनि यसको बारेमा कुराकानी गर्न आफ्नो प्रतिनिधीलाई जिम्मा दिएको छ ।

दि बेल पत्रिकाकाअनुसार सामसंग र लेनोभोबिचको डिल करिब १ ट्रिलियन वन अर्थात करिब ८५० मिलियन अमेरिकी डलरभन्दा बढिमा हुनसक्नेछ ।

अहिले सामसंग निकै कठिन अवस्थाबाट गुज्रिरहेको छ । यसको दक्षिण कोरियामा रहेको कार्यालयहरुमा प्रहरीले छापा मारेको थियो भने अहिले नयाँ व्यवस्थापनको नेतृत्वमा कम्पनी रहेको छ ।

कम्पनीलाई ग्यालेक्सी नोट सेभेन डिभाइस फिर्ताको समस्या आएदेखि वित्तिय समस्या पनि भोगिरहेको छ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: १२ मंसिर २०७३, आईतवार

ताजा समाचार