औद्योगिक क्रान्तिको आवश्यकताः उद्योगमन्त्री नविन्द्रराज जोशी

Technology Khabar १२ मंसिर २०७३, आईतवार

औद्योगिक क्रान्तिको आवश्यकताः उद्योगमन्त्री नविन्द्रराज जोशी

काठमाडौं ।

काठमाडौं, १२ मंसिर । उद्योगमन्त्री नविन्द्रराज जोशी र संयुक्त राष्ट्रसंघको उद्योग विकास सङ्घठन (युनिडो)का महानिर्देशक लि योङ्गबीच, अष्ट्रियाको भियनामा दुई पक्षिय भेट भएको छ । भेटवार्ताको क्रममा उद्योगमन्त्री जोशीले नयाँ संविधान जारी पछिको अहिलेको अवस्थामा नेपालको विकासका लागि औद्योगिक क्रान्तिको आवश्यकता भएको हुँदा दिगो र वृहत् औद्योगिक विकासका लागि युनिडोको सहयोगको अपेक्षा गरे ।

नेपाल सरकार अहिले औद्यागिक वातावरण तयारका लागि आवश्यक पूर्वाधार विकासमा लागि परेको उद्योगमन्त्री नविन्द्रराज जोशीले बताए । उद्योग मन्त्रालय एवं नेपाल सरकारले औद्योगिक वातावरणको तयारीसँगै लगानी भित्र्याउन,े रोजगारीको अवसर सृजना गर्ने, साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्ने, रुग्ण एवं बन्द भएका उद्योगहरुको पुनरोत्थान गर्ने लगायत कामलाई प्राथमिकता दिइ लगानीकर्ताहरुको मनोबल बढाउनु यो सरकारको प्रमुख प्राथमिकता रहेको मन्त्री जोशीको भनाइ थियो ।

भेटको क्रममा यूएनआइडिओका महानिर्देशक योङ्गले नेपाल सरकारको औद्योगिक विकासको स्पष्ट कार्यदिशा रहेको हुँदा यसमा यूएनआइडिओको सधैँ साथ रहनेमा जोड दिए । नेपालजस्तो मुलुकमा रोजगारी सृजना गरी जीवनस्तर उकास्नका लागि औद्योगिक विकास अपरिहार्य हुने हुँदा रणनीतिक योजना तर्जूृमा र त्यसको कार्यान्वयनका लागि यूएनआइडिओ सधै तत्पर रहेको उनले जानकारी दिए ।

Global Bank
easy care

प्रकाशित: १२ मंसिर २०७३, आईतवार

ताजा समाचार