सिभिल मलको दसैं तिहार महोत्सव २०७३ का बिजेतालाई पुरस्कार

Technology Khabar १२ मंसिर २०७३, आईतवार

सिभिल मलको दसैं तिहार महोत्सव २०७३ का बिजेतालाई पुरस्कार

काठमाडौं, १२ मंसिर । सिभिल मलले विजया दशमी एवं दीपावलीको उपलक्ष्यमा आयोजना गरेको प्रवद्र्घनात्मक कार्यक्रम ‘टीभीेएस अपाचे दसैं तिहार महोत्सव २०७३’ सम्पन्न भएको छ ।

गत असोज १ देखि कार्तिक २७ सम्म आयोजित सो कार्यक्रममा नैकापका लबेन्द्र कार्कीले टीभीेएस अपाचे प्राप्त गरे भने लुभुकी अनुस्का पाठक र स्वयम्भूकी छिरिङमा शेर्पाले क्रमशः टीभीएस जुपीटर र टीभीएस जेस्ट प्राप्त गरेका छन् । कार्यक्रममा विकास भुजेल र सुमीत मगरले क्रमशः आस्रीको हीराको हार र एलजीको एलइडी टीभी जिते ।

सिभिल मलमा रु एक हजार भन्दा बढीको किनमेल गर्ने ग्राहकहरुलाई प्रदान गरिएको कुपनहरुमध्ये खुल्ला गोलाप्रथाबाट विजयीहरुकोे चयन गरिएको थियो ।

कार्यक्रम अवधिमा आस्रीका हीराका गहना, एलजीका स्मार्ट फोनहरु, भ्याकुम क्लीनर, माइक्रोवेभ ओभन, वासिंग मेशिन, रेफ्रिजरेटर, एलसीडी टीभी लगायत मलका पसलहरुले प्रायोजन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १२ मंसिर २०७३, आईतवार

Comments are closed.

Loading...