माेबाइलमा तास खेल्नेलार्इ खुशीकाे खबर, माइक्रोसफ्ट सोलिटर कलेक्सन अब एपमा

Technology Khabar ९ मंसिर २०७३, बिहीबार

माेबाइलमा तास खेल्नेलार्इ खुशीकाे खबर, माइक्रोसफ्ट सोलिटर कलेक्सन अब एपमा

काठमाडौं ।

काठमाडौं, ९ मंसिर । माइक्रोसफ्टले आइओएस एपमा अपग्रेड गर्दै आइफोनमा सोलिटर गेम(Solitaire) उपलब्ध गराएको छ । माइक्रोसफ्टले आइओएस एपमा माइक्रोसफ्ट सोलिटर कलेक्सन (Solitaire Collection) राखेको छ ।

नयाँ मोबाइल एप आइफोन, आइप्याड, आइपड टचमा उपलब्ध छ भने एन्ड्रोयड भर्सनमा नि:शुल्क डाउनलोड गर्न सकिनेछ ।

यसअघि पर्सनल कम्प्यूटर प्रयोगकर्ताहरुबिच यो खेल निकै लोकप्रिय रहेको थियो । सोलिटर गेम विण्डोजमा भएका गेमहरुमध्ये क्लासिक गेम हो, जून माइक्रोसफ्ट अपरेटिंग सिस्टममा पहिले नै राखिएको हुन्थ्यो ।

यो गेमको मोबाइल एपमा सबै पाँच वटा नै गेमको लागि दैनिक च्यालेन्ज राखिएको छ भने यसेले प्लेयर्स ब्याज र रिवार्ड पनि गर्नेछ । त्यसैगरी यसमा एचिममेन्ट, कम्पिटिसन्स, तथा गेम प्रोग्रेस सिंन्क्रोनाइजिंगसहित एक्सबक्स लाइभ इन्ट्रिगेसन पनि रहेको छ ।

अपटेड गरिएको नयाँ एपमा क्लोन्डिेके टाइमलेस एण्ड क्लासिक सोलेटर(Solitaire) , स्पाइडर, फ्रिसेल, ट्रिपिक, पिरामिड गेम रहेका छन् ।

आइओएस प्रयाेगकर्ताहरूले नयाँ सोलिटर गेम माेबाइल एप यहाँ क्लिक गरेर डाउनलाेड गर्न सकिन्छ ।

Global Bank
easy care

प्रकाशित: ९ मंसिर २०७३, बिहीबार