जेडटिई एक्जोन सेभेन तथा एक्जोन सेभेन मिनी बजारमा आउँदै

Technology Khabar ८ मंसिर २०७३, बुधबार

जेडटिई एक्जोन सेभेन तथा एक्जोन सेभेन मिनी बजारमा आउँदै

काठमाडौं, ८ मंसिर । नेपाली बजारमा हालै एक्जोन (Axon) सिरिजको दुईवटा स्मार्टफोनहरु सार्वजनिक गरेको जेडटिईले फ्ल्यागशिप स्मार्टफोन ल्याउने भएको छ । नेपालका लागी जेडटिईको आधिकारिक बितरक इभोल्यूसन इन्टरप्राइजेजले जेडटिईका नयाँ दुईवटा स्मार्टफोनहरु ल्याउन लागेको छ ।

जेडटिईको अमेरिका र यूरोपियन बजारमा निकै चर्चा कमाएको एक्जोन सिरिजको एक्जोन सेभेन (Axon 7) तथा एक्जोन सेभेन मिनी (Axon 7 Mini) नेपाली बजारमा आउन लागेका हुन् । कम्पनीले यसको लागि प्रकृया शुरु गरिसकेको र आगामी साता नेपाली बजारमा एक्जोन सेभेन तथा एक्जोन सेभेन मिनी आउने जानकारी दिएको छ ।

कम्पनीले एक्जोन सेभेनको मूल्य करिब ५०,००० रुपैंया हुने र एक्जोन सेभेन मिनीको मूल्य ३५,००० रुपैंयाको हाराहारीमा हुने जानकारी दिएको छ ।

दुबै स्मार्टफोनहरु अंग्रेजी नयाँ वर्षको अवसर पारेर बजारमा आउन लागेका हुन् ।

एक्जोन सेभेन (Axon 7)

एक्जोन सेभेन जेडटिईको सबैभन्दा नयाँ फ्ल्यागशिप फोन हो जुन अमेरिकी बजारमा र युरोपेली बजारमा हाल उपलब्ध भईसकेका छन् ।zte-axon-7-00

जेडटिई एक्जोन सेभेन विश्व बजारमा जुनमा सार्वजनिक भएको थियो भने नेपालमा करिब ६ महिनामा आउन लागेको हो । एक्जोन सेभेनमा ५.५ इन्चको फूलएचडी एमोलेड डिस्प्ले, ४ जीबीको र्याम तथा ६४ जीबीको स्टोरेज रहेको छ । यो फोनमा फोटोका लागि २० मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको क्यामरा रहेको छ ।

एक्जोन सेभेनमा क्वालकम स्न्यापड्रागन ८२० क्वाडकोर प्रोेसेसर राखिएको छ भने ३२५० एमएएचको ब्याट्री प्याक छ । यो फोन एन्ड्रोयड मार्शमाल्लो ६.०.१ भर्सनमा आधारित रहेको छ ।

एक्जोन सेभेन मिनी (Axon 7 Mini)

जेडटिईले नेपालमा सार्वजनिक गर्न लागेको अर्को स्मार्टफोन एक्जोन सेभेन मिनी फ्ल्यागशिप एक्जोन सेभेनको सस्तो सिरिज हो ।

यो स्मार्टफोनमा ५.२ इन्चको फूलएचडि एमोलेड डिस्प्ले रहेको छ भने यसमा ३ जीबी र्याम तथा ३२ जीबीको स्टोरेज रहेको छ ।zte-axon-7-mini

यहि सेप्टेम्बरमा सार्वजनिक भएको एक्जोन सेभेन मिनी भने नेपाली बजारमा छिटै आउन लागेको हो ।

यसमा फोटोका लागि १६ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । क्वालकम स्न्यापड्रागन ६१७ अक्टा कोर प्रोसेसर रहेको फोनमा २७०५ एमएएचको ब्याट्री राखिएको छ ।

यो फोन एन्ड्रोयड मार्शमाल्लो ६.०.१ भर्सनमा आधारित रहेको छ ।

TK Viber

प्रकाशित: ८ मंसिर २०७३, बुधबार

Loading...