सामसंग ग्यालेक्सी एस सेभेन ‘ग्लजी ब्ल्याक’ कलरमा अाउने, आइफोन सेभेनलाई चुनौती

Technology Khabar ७ मंसिर २०७३, मंगलवार

सामसंग ग्यालेक्सी एस सेभेन ‘ग्लजी ब्ल्याक’ कलरमा अाउने, आइफोन सेभेनलाई चुनौती

काठमाडौं ।

काठमाडौं, ७ मंसिर । भर्खरै मात्र ब्लू कोरल कलरको ग्यालेक्सी एस सेभेन (Galaxy S7) सार्वजनिक गरेको सामसंगले फेरी अर्को कलर अप्सनमा एस सेभेन सार्वजनिक गर्ने तयारी गरेको छ । सामसंगले एप्पलको आइफोनलाई टक्कर दिन नयाँ कलर अप्सनमा एस सेभेन ल्याउन लागेको हो ।

हालै सामसंगको उत्पादन देश कोरियाबाट आएको एक रिपोर्टअनुसार कम्पनीले ग्लजी ब्ल्याक (Glossy Black) कलर अप्सनमा एस सेभेन ल्याउन लागेको छ । कम्पनीको नोट सेभेनको घटनाबाट माथि उठ्न कम्पनीले ग्राहकहरुका लागि नयाँ कलर अप्सन ल्याउन लागेको हो ।

यो क्षेत्रका जानकारहरुलाई उदृत गर्दै आएको रिपोर्टअनुसार कम्पनीले यहि डिसेम्बरमा ग्लजी ब्ल्याक भर्सनको फोन ल्याउने छ ।

मेट ब्ल्याक कलरकाे नाेट सेभेन
मेट ब्ल्याक कलरकाे नाेट सेभेन

मेट फिनिससहितको ओनिक्स ब्ल्याक कलर भएको एस सेभेनले आइफोनको साइनी जेट ब्ल्याक (Jet Black) तथा मेट ब्ल्याक (Mate Black) कलरलाई टक्कर दिने कम्पनीको लक्ष्य छ । यसअघि नै कम्पनीले ब्ल्याक कलर अप्सनमा एस सेभेन सिरिज सार्वजनिक गरेको थियो ।

सामसंगको कलर रणनीतिले, नौ महिना पुरानो एस सेभेनको बिक्रीलाई बढाउने र आफ्नो देशमा नयाँ आइफोन सेभेनलाई चुनौती दिने अनुमान छ ।

यसअघि आएको कोरल ब्लू (Blue Coral) भर्सनको एस सेभेन करिब १५,००० यूनिट प्रतिदिन औसतमा बिक्री भईरहेकोमा आइफोन सेभेन बजारमा आएपछि बिक्री दर घटेर १०,००० यूनिट पुगेको छ ।

यो नयाँ कलर अप्सनसहितको फोन कहिले आउँछ भन्ने स्पष्ट छैन भने कोरियामा मात्र उपलब्ध हुन्छ वा अन्य मुलुकमा पनि उपलब्ध हुने हो भन्ने बारेमा कुनै जानकारी छैन् ।

स्रोत माध्यम

Global Bank
easy care

प्रकाशित: ७ मंसिर २०७३, मंगलवार