महिन्द्राको नयाँ ट्याक्टरहरु अनावरण, कृषिका लागि उपयोगी

Technology Khabar ५ मंसिर २०७३, आईतवार

महिन्द्राको नयाँ ट्याक्टरहरु अनावरण, कृषिका लागि उपयोगी

काठमाडौं ।

काठमाडौं, ५ मंसिर । महिन्द्रा एण्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेड प्रा. लि. ले ‘युवो’ ट्याक्टरहरुको नयाँ रेन्जको अनावरण गरेको छ ।

पूर्णतया नयाँ प्लाटफर्ममा बनेको नवीनतम तथा इन्डस्ट्री र वर्गमै पहिलो १२ फर्वार्ड र ३ रिभर्स् फूल कन्स्ट्यान्ट–मेश गियरबक्स्का साथ महिन्द्रा युवो एकदम बहु–उपयोगी र ३० भन्दा बढी कृषि अनुप्रयोगहरुका लागि प्रयोगमा ल्याउन सकिने कम्पनीले जानकारी दिएको छ ।

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका भाइस प्रेसिडेन्ट, हेड अफ इन्टरनेशनल अपरेशन, ए.एफ.एस (साउथ एशिया) सञ्जय जादवले यो ट्याक्टरले नेपालका विकासोन्मुख कृषकहरुका आवश्यकताहरु पूरा गर्ने कुरामा कम्पनी विश्वस्त रहेको बताए ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठकाअनुसार महिन्द्रा युवोले थुप्रै नयाँ टेक्नोलोजीहरु प्रस्तुत गरेको छ जुन जस्तोसुकै माटोमा वा परिस्थितिहरुमा उत्कृष्ट पर्फर्मेन्श् र बहु–उपयोगी फिचर्सहरु प्रदान गर्दै आएको छ जसले ३० वटा भन्दा बढी कृषि प्रयोजनहरुमा सहयोग गर्दछ ।

फुल कन्स्ट्यान्ट मेश गियर बक्स्का साथै एर्गाेनोमिकल्ली डिजाइन गरिएको कारजस्तो साइड–सिफ्ट गियर सिस्टमले ड्राइभिङ्ग अनुभव आरामदायी र सहज बनाएको छ । युवोको प्लानेटरी रिडक्सनले यसलाई एकदमै मजबुत ट्याक्टर बनाएको छ। सरल पहुँच तथा न्यूनतम एफर्टका लागि डिजाइन गरिएको अपरेटर प्लाटफर्म तथा डिलक्स सिट, लिभर र पेडल्स्ले लामो समयसम्मको थकान–रहित कार्य गर्न कृषकहरुलाई विशेष सहयोग पुर्याउने जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ५ मंसिर २०७३, आईतवार