Technology Khabar ३ मंसिर २०७३, शुक्रबार
काठमाडौं, ३ मंसिर । इन्टरनेट कम्पनी बैदूले (Baidu) निकै द्रुत कदमका साथ आफ्नै ‘सेल्फ ड्राइभिंग’ कार सार्वजनिकरुपमा परिक्षण शुरु गरेको छ । चीनियाँ अटोमेकर बिवाईडी, चेरी तथा बिएआईसीले आपूर्ति गरेका स्वचालित कारहरुको परिक्षण शुरु गरेको छ ।
यी कारहरुको सार्वजनिक परिक्षण यहि मंगलवार करिब २०० जना यात्रुहरुले एक स्थानदेखि अर्को स्थानसम्म यात्रा गरेर परिक्षण गरेका छन्, यो कारले करिब ३.१६ किलोमिटरको दूरी चीनको पर्यटकिय स्थान वुजेंगमा पार गरेको छ, जसलाई बैदूले “म्याप्ड वीथ सेन्टिमिटर एक्युरेसी” भनेको छ ।
चालकरहित गाडिहरुमा भेलोडिने एलआईडिएआर, भिडियो क्यामराहरु, मिलिमीटर वेभ राडार तथा कम्प्यूटर जडान गरिएको थियो, यसमा जडान गरिएको कम्प्यूटरले सबै विकसित डाटाहरुलाई पत्ता लगाउने गर्दछ जुन कम्पनीले आफैंले विकास गरेको हो भने यसलाई एउटा भाँडोमा राखिएको थियो ।
यी कारहरुले लेनहरु परिवर्तन गर्ने, दोबाटो तथा चौबाटोहरुमा वार्तालाप गर्ने, गाडि पास गर्दा ढिलो हुने र यू टर्न गर्ने कार्यहरु गरेका थिए । यी कारहरुले स्थानिय गति सिमितताअनुसार अधिकतम ६० किलोमिटर प्रति घण्टामा यात्रा पार गरेका थिए ।
बैदूकाअनुसार उक्त स्वचालित कारहरुमा यदि कुनै आवश्यक परेको बेलामा नियन्त्रण गर्नका लागि ड्राइभरहरु राखिएका थिए । तर उनीहरुले उक्त यात्रा अवधिभर कुनै बेला पनि गाडि चलाउनु परेन् ।
बैदूले सन् २०१८ सम्ममा व्यवसायीकरुपमा स्वचालित कर्मशीयल गाडिहरु उत्पादन गरेर सडकमा कुदाउने लक्ष्य राखेको छ, जून सन २०२१ मा मास प्रडक्सन गर्ने र परिक्षण गरिरहन नपर्ने होस् ।
बैदूले हालै अमेरिकाको क्यालिफोर्नियामा पनि आफ्नो गाडिहरु परिक्षण गरिरहेको छ ।
प्रकाशित: ३ मंसिर २०७३, शुक्रबार