टेलिकमको पोस्टपेड मोबाइल सेवा शुक्रवार रातीदेखि शनिवारसम्म अवरुद्ध हुनसक्ने

Technology Khabar २ मंसिर २०७३, बिहीबार

टेलिकमको पोस्टपेड मोबाइल सेवा शुक्रवार रातीदेखि शनिवारसम्म अवरुद्ध हुनसक्ने

काठमाडौं ।

काठमाडौं, २ मंसिर । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइल सेवालाई ‘कन्भर्रजेन्ट रियल टाइम बिलिङ सिस्टम’ मा परिवर्तन गर्ने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै ‘कन्भर्रजेन्ट रियल टाइम बिलिङ सिस्टम’ मा परिवर्तन गरिने कारण शुक्रबार रातीदेखि शनिबारसम्म कम्पनीका वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सीडीएमए सेवाका भ्वाईस, डाटा, एसएमएस, वाइम्याक्स सेवा तथा रिचार्ज सेवाहरु अवरुद्ध हुन सक्ने जानकारी दिएको छ ।

यसका साथै टेलिकमले शनिबार सबै ग्राहक सेवा केन्द्रहरु, सबै किसिमका रिचार्ज तथा विल भुक्तानीलगायतका कार्यहरु समेत बन्द हुने जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २ मंसिर २०७३, बिहीबार

ताजा समाचार