ह्वाट्सएपमा अब भिडियो कलिंग सुविधा

Technology Khabar १ मंसिर २०७३, बुधबार

ह्वाट्सएपमा अब भिडियो कलिंग सुविधा

काठमाडौं ।

काठमाडौं, १ मंसिर । इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपले (WhatsApp) नयाँ फिचर थप गरेको छ । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपमा अब फेसबुक र स्काइपमा जस्तै भिडियो कल गर्न सकिने फिचर उपलब्ध भएकाेछ ।

यो फिचर एन्ड्रोयड, आईओएस, तथा विण्डोजका फोनहरुमा प्रयोग गर्न सकिनेछ । तर हाल यो सुविधा भने सबैको लागि उपलब्ध भईसकेको छैन् । कम्पनीले आउने दिनहरुमा १० करोड भन्दा बढिले यो सुविधा प्रयोग गर्न सक्ने बताएको छ ।whatsapp-video-call

यो फिचरले भ्वाइस कल फिचर जस्तै काम गर्दछ । प्रयोगकर्ताको प्रोफाइलमा गएर कलिङ आइकनमा ट्याप गरेपछि भ्वाइस र भिडियो कलको अप्सन आउनेछ । याे सुविधाका लागि नयाँ भर्सनकाे एप डाउनलाेड गर्नुपर्ने वा नपर्ने केहि उल्लेख छैन् ।

कम्पनीले केहि वर्षहरुदेखि प्रयोगकर्ताहरुबाट धेरै अनुरोध आएको बताउँदै अन्तत यो नयाँ फिचर विश्वसमक्ष ल्याएको जनाएको छ ।

easy care

प्रकाशित: १ मंसिर २०७३, बुधबार