आईएमई ‘रेमिटेन्स कम्पनी अफ द इयर–२०१६’ बाट सम्मानित

Technology Khabar ३० कार्तिक २०७३, मंगलवार

आईएमई ‘रेमिटेन्स कम्पनी अफ द इयर–२०१६’ बाट सम्मानित

काठमाडौं ।

काठमाडौं, ३० कात्तिक । आईएमई लिमिटेड ‘सर्वोत्कृष्ट रेमिटेन्स कम्पनी २०१६’ बाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्ट एण्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा आईएमई लिमिटेडका तर्फबाट प्रवन्ध निर्देशक हेमराज ढकाल उक्त सम्मानबाट सम्मानित भएका छन् ।

‘विकास, अन्वेषण र नेतृत्व सम्मेलन–२०१६’ को समापनको अवसरमा उक्त सम्मान प्रदान गरिएको थियो । व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्र्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ ।

कम्पनीले देशभर ५,२०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ३० कार्तिक २०७३, मंगलवार

ताजा समाचार