स्काईपमा एकाउन्ट नभएपनि प्रयोग गर्न सकिने, सबै सुविधा पार्इने

Technology Khabar ३० कार्तिक २०७३, मंगलवार

स्काईपमा एकाउन्ट नभएपनि प्रयोग गर्न सकिने, सबै सुविधा पार्इने
NTC_Advt

काठमाडौं, ३० कात्तिक । माइक्रोसफ्टले स्काईप (Skype) प्रयोग गर्नका लागि अबदेखि स्काईप वा माइक्रोसफ्ट एकाउन्ट आवश्यक नपर्ने घोषणा गरेको छ । कम्पनीले यहि नोभेम्बर १४ तारिखदेखि कुनैपनि व्यक्तिले साइन इन (sing-in)नगरिकन स्काईपमा म्यासेजिंग सेवा प्रयोग गर्न सक्ने जानकारी दिएको छ ।

यो सुविधा स्काईप डटकमबाट वा स्काईपको वेब एपबाट प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले बेव साइटबाट सिधै कुराकानी गर्न सक्ने र आफ्नो नाम थप गर्न सक्नेछन् । यति गरेपछि प्रयोगकर्ताले विशेष कुराकानीका लागि लिंक प्राप्त गर्नेछ र त्यो लिंक अर्को व्यक्तिलाई ईमेल वा सामाजिक संजालमार्फत पठाउन सकिनेछ, त्यो लिंकमा अर्को प्राप्त गर्ने मानिसले क्लिक गरेपनि सिधै स्काईपमा च्याट गर्न सकिनेछ ।

यो सुविधामा दुबै पक्षसँग स्काईपको एकाउन्ट हुनु पर्दछ भन्ने कुनै आवश्यकता छैन् । उनिहरुले स्काईपमा गेस्ट अर्थात अतिथिको रुपमा प्रयोग गर्नेछन र साइन इन गर्नु पर्नेछैन् ।

अझ यसको महत्वपूर्ण पक्ष भनेको यसरी साइन इन नगरीकन स्काईप प्रयोग गर्नेले पनि यसका अधिकांश फिचरहरु जस्तै एक वा एक भन्दा बढिसँग ग्रुप म्यासेजिंग, भ्वाइस तथा भिडियो कलहरु, स्क्रीन सेयरिंग, तथा फाईल सेयरिंग पनि गर्न सक्नेछ्न् । यस्तो च्याटका लागि प्रयोगकर्ताले करिब ३०० जनासम्मलाई आमन्त्रण गर्न सक्नेछ । तर भ्वाइस तथा भिडियो कलमा भने केबल २५ जनासँग मात्र एक पटकमा कुराकानी गर्न सकिनेछ ।

स्काईपको यो नयाँ सुविधा केबल २४ घण्टासम्म प्रयोग गर्न सकिने बताईएको छ । त्यसपछि भने स्काईपको नियमित प्रयोगकर्ता जस्तै सेवा लिनुपर्नेछ । कुराकानी गर्न, ल्याण्डलाईन, मोबाइलमा फोन गर्न वा कुराकानीलाई रियल टाइममा रुपान्तरण गर्नका लागि स्काईपमा साइन इन गर्न आवश्यक हुनेछ ।

स्रोत माध्यम

प्रकाशित: ३० कार्तिक २०७३, मंगलवार