नयाँ आईफोन ‘बेजेल लेस’ डिजाइनमा, आईफोन एटको हार्डवेयर पनि नयाँ हुने

Technology Khabar ३० कार्तिक २०७३, मंगलवार

नयाँ आईफोन ‘बेजेल लेस’ डिजाइनमा, आईफोन एटको हार्डवेयर पनि नयाँ हुने

काठमाडौं ।

काठमाडौं, ३० कात्तिक । पछिल्लो समयमा नयाँ आउने आईफोनको चर्चाहरु शुरु भएका छन् । यसैबिचमा बार्रक्लेज सप्लाइ चेन विश्लेषकहरुले आईफोन एटको (iPhone 8) बारेमा विभिन्न अनुमानहरु गरेका छन् ।

उनीहरुले नयाँ आउने आईफोन ८ ‘बेजेल लेस’ (bezel-less) डिजाइन अर्थात फोनको छेउसम्म नै डिस्प्ले भएको हुने दाबी गरेका छन् । आईफोन ८ तथा आईफोन ८ प्लस जसमा ५ इन्च तथा ५.५ इन्चको स्क्रीन हुनेछ दुबैमा यो विशेषता हुनेछ ।

हालै सार्वजनिक भएको एक रिपोर्टअनुसार एप्पलले सहिरुपमा वायरलेस एयरपोड (truly wireless Airpods) यहि डिसेम्बरमा उत्पादन शुरु गर्ने तयारी गरेको छ ।

एन्ड्रोयड फोन निर्माताहरुले यसअघि नै कम बेजेल भएका फोन उत्पादनमा लागिसकेका भएपनि अहिलेसम्म कसैले पनि सहि रुपको बेजेल लेस डिभाइस बनाएका छैनन् ।

यसैगरी आईफोनमा एप्पलले टच आईडि होम बटनलाई फ्रन्ट प्यानल डिस्प्लेमा समाहित गर्ने अुनमान गरिएको छ जून बटन प्लास्टिक ‘चिन’ हटाउन प्रयोग गरिनेछ । यसका साथै कम्पनीले स्क्रीन पछाडि फ्रन्ट फेस टाइम क्यामरा राख्ने प्रकृयाका लागि प्याटेन्ट दर्ता गरेको हल्ला पनि चलेको छ ।

यसका साथै अन्य स्रोतहरुले पनि एप्पलले आईफोन एटका लागि विभिन्न आन्तरिक परिबर्तन गर्ने क्रममा रहेको उल्लेख गगरेका छन् । चर्चित केजीआई विश्लेषक मिंग ची कुओले आगामी आईफोनमा एमोलेड (AMOLED) स्क्रीनका साथमा अल ग्लास डिजाइन (all-glass-deign) फिचर हुने बताएका छन् ।

यसअघि नै नयाँ आईफोनमा ओएलईडी (OLED) स्क्रीन प्रविधि प्रयोग हुने सार्वजनिक भईसकेको छ । यो आईपीएस एलसिडी भन्दा  स्याचुरेसन र कन्ट्रास लेभलमा राम्रो मानिन्छ भने यसले ब्याट्री पनि कम खपत गर्दछ ।

अहिले पनि आईफोन सेभेन र आईफोन सेभेन प्लसको माग अनुमान गरेको भन्दा धेरै रहेको छ तर पनि विश्लेषकहरुले आगामी वर्ष आईफोनको वृद्धि अधिक हुने बताएका छन् । यसको कारणमा ग्राहकहरुले पूर्णरुपमा हार्डवेयर डिजाइनमा परिवर्तनसहितको नयाँ आईफोन एट सार्वजनिकलाई कुरिरहेका छन् ।

माध्यम

easy care

प्रकाशित: ३० कार्तिक २०७३, मंगलवार