Technology Khabar २९ कार्तिक २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, २९ कात्तिक । विभिन्न रमाइला प्रतियोगिता गरिरहने जियोनिले ग्राहकवर्गलाई लक्षित गर्दै नयाँ प्रतियोगिता आफ्नो फेसबुक पेज जियोनि नेपालमा सार्वजनिक गरेको छ । चिनियाँ मोबाइल ब्राण्ड जियोनिले आफ्नो फेसबुक पेजमा #GioneeS6sWithSelfieFlash प्रतियोगिता ल्याएको हो ।
यो प्रतियोगिता मार्फत दश जना विजेताले उत्कृष्ट सेल्फी फोन मध्ये एकजनाले जियोनि एस सिक्स एस (Gionee S6s) जित्न सक्ने बताईएको छ ।
सेल्फी खिच्न रुचाउनेहरुले #GioneeS6sWithSelfieFlash प्रतियोगितामा भाग लिनको लागि एउटा रमाइलो सेल्फी खिच्नुपर्छ र विभिन्न एप प्रयोग गरी सेल्फीलाई सकेसम्म रमाइलो बनाउनु पर्नेछ । सो सेल्फीलाई #GioneeS6sWithSelfieFlash लेखि आफ्नै फेसबुकमा प्राइभेसी पब्लिक सहित शेयर गर्नुपर्छ वा जियोनि नेपालको फेसबुक पेजमा रहेको कन्टेस्ट भिडियोमा सो सेल्फी फोटो कमेन्ट गर्नुपर्नेछ ।
जियोनि र चर्चित फोटोग्राफर राजभाइ सुवालद्वारा छानिएका उत्कृष्ट सेल्फीहरु लाइक एण्ड विन कन्टेस्टका लागि छानिने र प्रतिगोयिताको दोस्रो भागबाट सबैभन्दा बढी लाइक प्राप्त गर्ने दश सेल्फीले सेल्फी फ्ल्याशसहितको नयाँ जियोनि एस सिक्स एस स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ । प्रतियोगिताको पहिलो चरण मङ्सिर १५ सम्म संचालन हुनेछ ।
जियोनि एस सिक्स एस भदौदेखि नेपाली बजारमा उपलब्ध छ । एस सिक्स एसमा सेल्फी फ्ल्याशसहितको ८ मेगापिक्सेल सेल्फी क्यामेरा, १३ मेगापिक्सेल रियर क्यामेरा, ३ जीबी र्याम र ३२ जीबी रोम, ५.५ इन्च फुल एचडी स्क्रिन जस्ता आकर्षक फिचर छन् । यो फोन बजारमा रु.२५,९९९/- मा उपलब्ध रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २९ कार्तिक २०७३, सोमबार