शाओमीको नयाँ एमआई माउस, एकै पटक दुई कम्प्यूटरमा प्रयोग हुने

Technology Khabar २६ कार्तिक २०७३, शुक्रबार

शाओमीको नयाँ एमआई माउस, एकै पटक दुई कम्प्यूटरमा प्रयोग हुने
Classic Tech

काठमाडौं, २५ कात्तिक । शाओमीले एमआई माउस (Mi Mouse) सार्वजनिक गरेको छ । कम्पनीले ल्यापटप तथा डेस्कटपमा प्रयोग गर्नका ड्यूल मोड कनेक्टिभिटीसहित लागि वायरलेस लेजर माउस सार्वजनिक गरेको हो ।

यसमा ब्लूटुथ ४.० भर्सनको ड्यूल मोड रहेको छ भने २.४ गीगाहर्जको वायरलेस राखिएको छ । यो माउसले एकै पटक दुईवटा कम्प्यूटरमा एकै पटक जोड्न सकिन्छ । त्यसैगरी माउसको तल्लो भागमा दुई कम्प्यूटर छान्नका लागि सेलेक्टर राखिएको छ । mi-mouse

यो एमआई माउस सिल्भर र गोल्ड कलर अप्सनमा उपलब्ध छ जसको बाहिरी भाग अल्मुनियमको छ ।

यसमा टू एए ब्याट्री प्रयोग गर्न सकिन्छ भने प्याड, फोस्टर ग्लास,पेपर तथा अन्य सतहहरुमा पनि काम गर्दछ ।mi-mouse_2

शाओमीले ल्याएको एमआई माउसको मूल्य ९९ यूआन अर्थात करिब १५ अमेरिकी डलर पर्दछ जुन आजदेखि नै बिक्रीका लागि उपलब्ध छ ।

माध्यम

TK Viber

प्रकाशित: २६ कार्तिक २०७३, शुक्रबार

Loading...