नर्सरी व्यबस्थापन तालिम राजधानीमा सुरु

Technology Khabar २५ कार्तिक २०७३, बिहीबार

नर्सरी व्यबस्थापन तालिम राजधानीमा सुरु

काठमाडौं, २५ कात्तिक । कृषि बिकास मन्त्रालयको सहयोग, नेदरल्याण्डस्थित पमको प्राबिधिक सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा नर्सरी ब्यबस्थापन तालिम सुरु भएको छ । ५ दिन सम्म चल्ने यो तालिममा धरान, पोखरा, चितवन र काठमाडौंका गरि ३० जना  पुष्प ब्यवसायीको सहभागिता रहेको छ । नेदरल्याण्डस्थित पमका पुष्प बिशेषज्ञ वीम भान केस्टरले ५ दिने तालिम दिनेछन् ।

कृषि मन्त्रालय कृषि ब्यवसाय प्रबद्र्धन शाखाका प्रमुख उपसचिब डा. रुद्र बहादुर श्रेष्ठले नर्सरी ब्यबस्थापनसँगै ब्यवसायीलाई व्यवसायीक बनाउन तर्फ यो तालिमको लक्ष्य हुनुपर्ने बताए । ४ करोडको रुपैंयाको फूल आयात गरिरहेकोमा आयात प्रतिस्थापन कसरी गर्ने भन्नेतर्फ लाग्न आग्रह गर्दै श्रेष्ठले नेपाली उत्पादन कसरी विदेश निर्यात गर्न सकिन्छ भन्नेमा तालिम केन्द्रित गर्नपर्ने बताए ।

फ्लोरिकल्चर एसोशिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले यसपटक आयोजना गरेको तालिम यस अघि गरिएका तालिम भन्दा फरक रहेको दाबी गरे ।

TK Viber

प्रकाशित: २५ कार्तिक २०७३, बिहीबार

Loading...