एप्पल वर्ल्डमा मोबाइल खरिद गर्दा ५० प्रतिशतसम्म छुट

Technology Khabar २२ कार्तिक २०७३, सोमबार

एप्पल वर्ल्डमा मोबाइल खरिद गर्दा ५० प्रतिशतसम्म छुट
Classic Tech

काठमाडौं, २२ कात्तिक । मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वर्ल्डले मोबाइल खरिद, मर्मत तथा एक्सचेन्जमा बिशेष छुटको अफर ल्याएको छ । विभिन्न ब्राण्डका मोबाइलको कारोबार गर्दै आएको एप्पल वर्ल्डले मोबाइल एशोसरिजमा ३५ प्रतिशत, मोबाइल मर्मतको सर्भिस चार्जमा ५० प्रतिशत, र मोबाइल खरिदमा मोडलअनुसार ५० प्रतिशतसम्म छुटको व्यबस्था गरेको जनाएको छ ।

आफ्नो मल्टिब्राण्ड सोरुमको प्रमोशनका लागि बिशेष छुट सहित यस्तो योजना ल्याइएको एप्पल वर्ल्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

जुनसुकै मोबाइलमा समस्या आएपनि ६० मिनेटमै मर्मत गरिनुका साथै मोबाइल एक्सचेन्जमा पुरानो मोबाइललको राम्रो भ्यालु दिने सुबिधा समेत रहेको ग्लाइडरको दाबी छ ।

एप्पल वर्ल्डमा ३५० वटा मोडलका मोबाइलको टच एण्ड फिल जोन राखेको बताउँदै निर्देशक संगम राइले विभिन्न कम्पनीका ल्यापटपहरु समेत बिक्रीका लागि राखिएको जानकारी दिए ।

सोरुममा सामसुङ, एचटिसी, जेटटिई, हुवावे, एमआई, ओप्पो, मेजु, माइक्रोम्याक्स, एलजी, पानासोनिक, जियोनी, सोनी, सिजी, युएमआइ, ओबिआइ, माइक्रोसफ्ट, वान प्लस थ्री र गुगल फोनको टच एण्ड फिल काउन्टर राखेको जनाएको छ ।

यो योजना स्टक रहुन्जेल मात्र लागू गरिने मर्कन्टायल प्लाजामा रहेको एप्पल वर्ल्डले जनाएको छ ।

प्रकाशित: २२ कार्तिक २०७३, सोमबार

Comments are closed.

Loading...