ह्वाट्सएप डिसेम्बर ३१ तारिखदेखि यी स्मार्टफोनमा प्रयोग गर्न नमिल्ने

Technology Khabar २१ कार्तिक २०७३, आईतवार

ह्वाट्सएप डिसेम्बर ३१ तारिखदेखि यी स्मार्टफोनमा प्रयोग गर्न नमिल्ने
NTC_Advt

काठमाडौं, २१ कात्तिक । म्यासेजिंग एप ह्वाट्सएपले (WhatsApp) पुराना डिभाइसहरुमा यहि डिसेम्बर ३१ तारिखदेखि आफ्नो एप प्रयोग गर्न नसकिने गरि परिवर्तन गर्न लागेको छ । कम्पनीले विश्व बजारबाट हाल निकै कम मात्र प्रयोग हुने तथा हराईसकेका भर्सनका डिभाइसहरुमा यहि डिसेम्बर ३१ तारिखदेखि ह्वाट्सएप प्रयोग गर्न नसकिने जानकारी दिएको छ ।

कम्पनीले नोकिया, ब्ल्याकबेरी, विण्डोजसहित एन्ड्रोयडका केहि फोनहरुमा पनि ह्वाट्सएप आगामी सन् २०१७ देखि प्रयोग गर्न नसकिने उल्लेख गरेको छ । यी डिभाइसहरुमा नयाँ वर्षसँगै ह्वाट्सएप सपोर्ट गर्नेछैन् ।

प्रयोग गर्न नमिल्ने डिभाइसको लिस्टमा सिम्बियनका साथै ब्ल्याकबेरी, नोकिया एस ४० सिरिज, नोकिया सिम्बियन एस ६०, एन्ड्रोयड २.१, एन्ड्रोयड २.२, तथा विण्डोज ७.१ अपरेटिंग सिस्टममा आधारित स्मार्टफोनहरु रहेका छन् । यी सबैमा आगामी वर्षदेखि ह्वाट्सएप सर्पोट बन्द हुनेछ ।whatsapp_01

नोकियाका सबैजसो उच्च तहका स्मार्टफोनहरु सिम्बियन ओएसमा आधारित छन भने एन सिरिजका फोनहरु पनि सिम्बियन ओएसमा संचालन हुन्छन् ।

अझैपनि नोकियाका फोन प्रयोगकर्ताको संख्या निकै नै रहेको छ । यो नयाँ परिवर्तनले नोकिया प्रयोगकर्ताहरुलाई निराश तुल्याउनेछ । त्यसैले ह्वाट्सएप प्रयोग गर्नका लागि नोकिया फोन परिवर्तन गर्नुपर्ने हुन्छ ।

विश्वको सबैभन्दा ठूलो इन्टान्ट म्यासेजिंग एप सर्भिस एप ह्वाट्सएपले सिम्बियन यूजर्सलाई नोटिफिकेशन पठाउन शुरु गरिसकेको छ ।

ह्वाट्सएपले पुराना प्लेटफर्ममा भएका स्मार्टफोनबाट अपग्रेड भएपछि मात्र ह्वाट्सएप प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

त्यसैले तपाईँको स्मार्टफोन पनि उल्लेखित अपरेटिंग सिस्टमसहितको छ भने अहिले नै नयाँ सिस्टम वा स्मार्टफोनमा अपग्रेड हुनुहोस् नत्र ह्वाट्सएप प्रयोग गर्न पाउनु हुनेछैन् ।

प्रकाशित: २१ कार्तिक २०७३, आईतवार