माइक्रोम्याक्सको क्यानभास स्पार्क २ प्रो बजारमा

Technology Khabar १८ कार्तिक २०७३, बिहीबार

माइक्रोम्याक्सको क्यानभास स्पार्क २ प्रो बजारमा

काठमाडौं ।

काठमाडौं, १९ कात्तिक । माइक्रोम्याक्सले नयाँ स्मार्टफोन क्यानभास स्पार्क २ प्रो (Q351) नेपाली बजारमा सार्वजनिक गरेको छ ।

बजेट फोनको रुपमा कम्पनीले ल्याएको क्यानभास स्पार्क २ प्रो (Canvas Spark 2 Pro) स्मार्टफोनमा ५ इन्चको भीजीए आईपीएस डिस्प्ले राखिएको छ । यसमा १.२ गीगाहर्जको क्वाड काेर प्रोसेसर छ भने १ जीबी र्याम तथा ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई माइक्रो एसडीकार्डद्धारा बढाउन सकिन्छ ।pic-4

फोटोका लागि फोनमा ५ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा छ भने सेल्फीका लागि २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सनमा आधारित यो स्मार्टफोनमा २,००० एमएएचको ब्याट्री प्याक रहेको छ । ड्यूल सिम सपोर्ट गर्ने यो स्मार्टफोनले थ्रीजी नेटवर्क सपोर्ट गर्दछ भने कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ लगायतका सुविधा पनि छन् ।picture-1

कम्पनीले क्यानभास स्पार्क २ प्रोको मूल्य रु. ८,४१५ तोकेको छ ।

easy care

प्रकाशित: १८ कार्तिक २०७३, बिहीबार