पाटाद्धारा “लङ्ग डिस्टेन्स एण्ड ग्लोबल लिडरशिप” शिर्षकमा कार्यशाला सम्पन्न

Technology Khabar ११ कार्तिक २०७३, बिहीबार

पाटाद्धारा “लङ्ग डिस्टेन्स एण्ड ग्लोबल लिडरशिप” शिर्षकमा कार्यशाला सम्पन्न

काठमाडौं ।

काठमाडौं, ११ कात्तिक । प्यासाफिक एसिया ट्राभल एसोशियसन (पाटा) नेपाल च्याप्टरले “लङ्ग डिस्टेन्स एण्ड ग्लोबल लिडरशिप” शिर्षकमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा होटल व्यवसायी, एयरलाइन्स, ट्राभल एजेन्सी, टुर अपरेटरर्स, मिडिया विद्यार्थीहरु र अन्य सरोकारवालाहरु गरी करिव १४५ जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा प्रशिक्षकको रुपमा पाटा नेपालले स्विजरल्याण्डका प्रतिष्ठित विज्ञ डानियल चुडीलाई आमन्त्रण गरेको थियो ।

कार्यक्रमको उद्घाटनमा बोल्दै पाटा नेपालका कार्यकारी प्रबन्धक सुरेश सिंह बुडालले पाटाले नेपाली पर्यटन क्षेत्रमा मानव संशाधनको विकास र विस्तार गर्ने अभियान अन्तरगत यो कार्यशाला गोष्ठी आयोजना गरेको बताए ।

पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले स्वागत मन्तब्य राख्दै पर्यटन व्यवसाय एउटा विश्वव्यापी उद्योग र विविध स्रोत, साधन र संस्कृतीसंगको अन्तरकृया र पारस्पारिक सम्बन्धले जोडिएको बिषय भएकाले यो कार्यशाला गोष्ठी नेपाली पर्यटन ब्यवसायी तथा सरोकारवालाहरुको लागि आवश्यक र महत्वपूर्ण रहेको बताए ।

गोष्ठी विशेष रुपमा लामो दुरी नेतृत्व र विश्वव्यापी नेतृत्व गरी दुई वटा विधामा केन्द्रित बनेको पाटा नेपालले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ११ कार्तिक २०७३, बिहीबार

ताजा समाचार