डब्लुएफपीद्वारा डिएफआइडीको १५ लाख पाउण्ड सहयोगको स्वागत

Technology Khabar ८ कार्तिक २०७३, सोमबार

डब्लुएफपीद्वारा डिएफआइडीको १५ लाख पाउण्ड सहयोगको स्वागत

काठमाडौं ।

काठमाडौं, ८ कात्तिक । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी)बाट भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमका लागि प्राप्त १५ लाख पाउण्ड बराबरको सहयोगको स्वागत गरेको छ । अनुदानबाट डब्लुएफपीले गत बर्षको भूकम्पबाट प्रभावित दुर्गम क्षेत्रमा पदमार्ग र गोरेटो जस्ता महत्वपूर्ण पूर्वाधार पुनःनिर्माण गर्ने नेपाल सरकारको प्रयासलाई मद्दत गर्नसक्ने जानकारी दिएको छ ।
“झण्डै १८ महिना अघिको विध्वंसात्मक भूकम्पमा ग्रामीण नेपालको धेरै ठाउँका गोरेटो र सडकहरु भत्किएका थिए र त्यसको प्रभाव आजसम्म पनि अनुभव गरिएको छ“ डब्लुएफपी नेपाल प्रतिनिधि तथा राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले भने, “गोरेटो बाटोमा पहुँचले समुदायहरुलाई बजार पुग्न र सामाजिक सेवा उपभोग गर्न मद्दत गर्छ र खाद्य सुरक्षा तथा आर्थिक विकाससँग यसको गहिरो सम्बन्ध रहेको छ भन्ने कुरा डब्लुएफपीले बुझेको छ ।”
सो सहयोग भूकम्पबाट अति प्रभावित क्षेत्रका छ वटा गोरेटो (१२९ किमी)को पुनःस्थापनामा र थप ६ वटा (१५८ किमी)को प्राविधिक मुल्याङ्कन सम्पन्न गर्न प्रयोग गरिनेछ । नयाँ गोरेटोहरुलाई मौसमी पहिरो थेग्ने र भूकम्प प्रतिरोधी हुने गरी निर्माण गरिनेछ । परियोजनाबाट धादिङ, गोर्खा र रसुवाका हिमाली क्षेत्रमा बसोबास गर्ने ५५,१७५ जना प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने बताईएको छ ।
पदमार्ग पुनःनिर्माण कार्यमा डब्लुएफपी नेपालमा धेरै लामो समय देखि काम गर्दै आएको छ र गत बर्षको भूकम्पपछि करिव ८८० किमी पदमार्ग पुनःस्थापना गरी १३०,००० जनसङ्ख्याका लागि पहुँच उपलब्ध गराउने कार्य भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ८ कार्तिक २०७३, सोमबार